एप्पलले ए१८ प्रो चिपसेटको सिंगल–कोर पर्फमेन्समा उल्लेखनीय सुधार गर्ने

Technology Khabar १८ माघ २०८०, बिहीबार

एप्पलले ए१८ प्रो चिपसेटको सिंगल–कोर पर्फमेन्समा उल्लेखनीय सुधार गर्ने

काठमाडौं ।

एप्पलको पछिल्लो ए१७ प्रो चिपले स्न्यापड्रागन ८ जेन ३ लाई पछि पारेको उल्लेख छ। हाल एप्पलले आफ्नो ए१८ प्रो चिपमा काम गरिरहेको र केही मानिसहरूले यसको गीकबेन्च ६ स्कोर्सको बारेमा खुलासा गरेका छन। पर्फमेन्स संख्याले अघिल्लो पुस्ताको ए१७ प्रोको तुलनामा सिंगल–कोर पर्फमेन्समा उल्लेखनीय सुधारहरू देखाएको थप उल्लेख छ।

एप्पल ए१८ प्रो गीकबेन्च ६ स्कोर

एप्पलले आईफोन १६ सिरिजका सबै मोडलहरूमा ए १८ एसओसी प्रयोग गर्ने चर्चा रहेको छ। गत वर्ष प्रस्तुत गरिएको आईफोन १५ मा अघिल्लो पुस्ताको एप्पल ए १६ बायोनिक प्रयोग गरिएको र यो आईफोन १४ प्रो म्याक्सको जस्तै सामान चिपसेट हो।

साथै केही व्यक्तिहरूले भने प्रोसेसर डिपार्टमेन्टमा अपग्रेड नभएकै कारणले गर्दा आईफोन १५ र १४ मोडललाई प्राथमिकता नदिएको उल्लेख गरिएको छ। यसै क्रममा अब, उदीयमान ए१८ प्रो को गीकबेन्च ६ नतिजाले आईफोन्सको अर्को पुस्ताको बारेमा केही जानकारी दिएको छ।

एप्पल ए१८ प्रो ले सिंगल–कोरमा ३५०० र मल्टि–कोरमा ८२०० स्कोर गरेको र अघिल्लो पुस्ताको ए१७ प्रोको सिंगल–कोर पर्फमेन्सको तुलनामा यो निकै राम्रो भएको उल्लेख छ। रिफ्रेन्सको लागि, ए१७ प्रोले सिंगल कोरमा २९०६ र मल्टि–कोरमा ७२३१ मात्र स्कोर गरेको थियो।

त्यसैगरी हालै मात्र स्न्यापड्रागन ८ जेन ४ को एक गीकबेन्च नतिजा लीक भएको थियो र जसले एप्पल ए१८ प्रो को भन्दा धेरै राम्रो मल्टि–कोर पर्फमेन्स देखाएको उल्लेख छ।

लीक गरिएको गीकबेन्च ६ परिणामहरूमा स्न्यापड्रागन ८ जेन ४ ले सिंगल–कोरमा २९८५ र मल्टि–कोरमा १०७६२ अंक प्राप्त गर्यो र जुन एप्पलको एम३ चिपको धेरै नजिक हो। साथै यस वर्षको चौथो क्वाटरमा स्न्यापड्रागन ८ जेन ४ समावेश गरिएको डिभाइसहरू आउन सुरु गर्ने थप उल्लेख गरिएको छ।

easy care

प्रकाशित: १८ माघ २०८०, बिहीबार

ताजा समाचार