बजाजको इलेक्ट्रिक स्कुटर ‘भेक्टर’ आउने सम्भावना

Technology Khabar १८ पुष २०८०, बुधबार

बजाजको इलेक्ट्रिक स्कुटर ‘भेक्टर’ आउने सम्भावना

काठमाडौं ।

हालसालैका ट्रेडमार्क फाइलिङहरूले टु–ह्वील जायन्ट बजाजले अब इलेक्ट्रिक स्कुटर अफर गर्ने सम्भावनालाई संकेत गरिरहेका छन्। भारतीय कम्पनीले सन् २००७ मा केटीएमसँग साझेदारी गरेदेखि नै विश्वव्यापी मान्यता र सफलताको आनन्द लिइरहेको छ। बजाजलाई हस्कभर्ना भेक्टोर नामक इलेक्ट्रिक स्कुटर प्लेटफर्म विकास गर्ने जिम्मा पनि दिइएको छ।

हालैको बजाज ट्रेडमार्क फाइलिङमा “भेक्टर” नामको मोटरसाइकल वेबसाइट ‘बाइकवाले’मा देखा परेको छ। साथै भारतको आईपी अनलाइन सेवामा खोजी गर्दा बजाज भेक्टर भनेर देखा परेको हुनाले यसको बारेमा थप पुष्टि भएको उल्लेख छ। उक्त ट्रेडमार्क अटोमोबाइल्स, ल्याण्ड भेहिकल्स, मोटरसाइकल्स र इलेक्ट्रिक भेहिकल्सको क्लास १२ अन्तर्गत देखा परेको जनाइएको छ।

उक्त ट्रेडमार्क आवेदन सन् २०२३ को अगस्त १६ तारिखमा दायर गरिएको थियो। बजाज नजिकका स्रोतहरूले भेक्टर नयाँ इलेक्ट्रिक स्कुटर भएको भनी संकेत गरेका रिपोर्टमा भनिएको छ। यद्यपि उक्त नयाँ भेक्टर हाल “बजाज मोनिकर” सहित पुनः नामाकरण गरिएको हस्कभर्ना भेक्टोर जस्तै हो वा होइन भन्ने बारेमा कुनै पनि स्पष्टता नभएको उल्लेख गरिएको छ।

भेक्टरले चेतकको तुलनामा भन्दा धेरै प्रिमियम फिचर्स (सुविधाहरू) प्रदान गर्नेछ अपेक्षा गरिएको छ भने यसले भारतको ईभी दुई पाङ्ग्रे बजारमा एक महत्वपूर्ण खेलाडीको रूपमा बजाजको स्ट्याटसलाई थप माथि पुर्याउने छ। ओला इलेक्ट्रिक र एथर जस्ता ब्रान्डहरू भारतीय ईभी टु–व्हीलर बजारमा पहिले नै स्थापित भएका ब्रान्डहरू हुन् भने नयाँ बजाज अफरिङको सुरुवातले मार्केट आउटलुक परिवर्तन गर्न सक्नेछ।

easy care

प्रकाशित: १८ पुष २०८०, बुधबार