इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात ४० प्रतिशतले घट्यो, पाँच महिनामा २ हजार ६९० यूनिट आयात

Technology Khabar १० पुष २०८०, मंगलवार

इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात ४० प्रतिशतले घट्यो, पाँच महिनामा २ हजार ६९० यूनिट आयात
सांकेतिक तस्विर

काठमाडौं ।

नेपालमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात घटेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात ३९.९६ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा २ हजार ६९० यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।

गत आर्थिक वर्ष २०७९/८० को मंसिर मसान्तसम्म ४ हजार ४८३ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको थियो।

गत आवको तुलनामा चालु आवको सोही अवधि इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात १ हजार ७९३ यूनिटले घटेको छ।

चालु आवमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल ३३ करोड ४८ लाख ९५ हजार रुपैयाँ बराबरको आयात भएको छ।

गत आवमा ५४ करोड ८४ लाख ६४ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात भएको थियो।

एक वर्षको अवधिमा २१ करोड ३५ लाख ६९ हजार रुपैयाँले इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात घटेको छ।

चालु आवमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात मार्फत सरकारले १० करोड ४७ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा चार मुलुकबाट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको देखिन्छ।

नेपालमा सबैभन्दा बढी इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल चीनबाट आउने गरेको छ। चीनबाट १७ करोड २३ लाख ५ हजार रुपैयाँ बराबरको १ हजार ८२६ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।

भारतबाट १४ करोड ४८ लाख ५९ हजार रुपैयाँ बराबरको ७९० यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।

इन्डोनेसियाबाट १ करोड ७७ लाख १९ हजार रुपैयाँ बराबरको ७२ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।

यूएईबाट १२ हजार रुपैयाँ बराबरको २ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।

easy care

प्रकाशित: १० पुष २०८०, मंगलवार