चिनियाँ बजारमा अनर सबैभन्दा धेरै फोल्डेबल फोन ढुवानी गर्न सफल

Technology Khabar १४ मंसिर २०८०, बिहीबार

चिनियाँ बजारमा अनर सबैभन्दा धेरै फोल्डेबल फोन ढुवानी गर्न सफल

काठमाडौं ।

चीनमा जुलाई देखि सेप्टेम्बर अवधिमा भएको फोल्डेबल स्मार्टफोन ढुवानीमा अनरले नेतृत्व गरेको ओम्डियाको पछिल्लो रिपोर्टले उल्लेख गरेको छ।

अनरले तेस्रो त्रैमासको अवधिमा प्रभावशाली २८ प्रतिशत मार्केट सेयर (बजार हिस्सा) ओगटेर चिनियाँ फोल्डेबल बजारको २६ प्रतिशत मार्केट सेयरका साथ दोस्रो स्थानमा आएको ह्वावेलाई पछि पारेको छ।

अनर म्याजिक भी२ ले एक्लै २५ प्रतिशत बजार सेयर कमाएको थियो भने यस अवधिमा अनर फोल्डेबलहरूको कुल ढुवानी संख्या १.७ मिलियन एकाइ भएको जनाइएको छ। साथै जुलाईको अन्त्यमा लन्च भएदेखि नै अनरले चीनमा म्याजिक भी२ को ८,००,००० इकाइहरू ढुवानी गरेको ओम्डियाले अनुमान गरेको छ।

त्यसैगरी फोल्डेबल बजार हिस्साका आधारमा शीर्ष चार ब्रान्डहरूको रुपमा सामसङ (१९ प्रतिशत) र ओप्पो (११ प्रतिशत) पर्न सफल भएका छन् भने भिभो (१० प्रतिशत), शाओमी (५ प्रतिशत) र मोटोरोला (१ प्रतिशत) शीर्ष ७ सूचीमा परेको छ।

यसैबीच अनरले सन् २०२४ को पहिलो त्रैमासिकमा फ्लिप–शैलीको फोल्डिङ फोन लन्च गर्ने अफवाह पनि रहेको छ। साथै उक्त फ्लिप–शैलीको फोल्डिङ फोनको आकर्षक सुरुवाती मूल्यले चीनमा फोल्डेबल फोन खण्डमा ब्रान्डको शासनलाई अझ विस्तार गर्न मद्दत गर्ने उल्लेख गरिएको छ।

easy care

प्रकाशित: १४ मंसिर २०८०, बिहीबार