बसवर्ल्ड ट्रेड फेयरमा बीवाइडीको नयाँ इलेक्ट्रिक सिटी बस र डबल डेकर कोच अनावरण

Technology Khabar २६ आश्विन २०८०, शुक्रबार

बसवर्ल्ड ट्रेड फेयरमा बीवाइडीको नयाँ इलेक्ट्रिक सिटी बस र डबल डेकर कोच अनावरण

काठमाडौं ।

बीवाइडीले बसवर्ल्ड ट्रेड फेयरमा नयाँ इलेक्ट्रिक सिटी बस र डबल डेकर कोच अनावरण गरेको छ।

कम्पनीले  ब्रसेल्स, बेल्जियमको बसवर्ल्ड ट्रेड फेयरमा इलेक्ट्रिक डबल-डेकर कोच र १२ -मिटर सिटी बसको नयाँ पुस्ता गरि दुई नयाँ इलेक्ट्रिक बस आविष्कारहरू अनावरण गरेको हो।

नयाँ इलेक्ट्रिक डबल डेकर कोच लगभग १४ मिटर लामो रहेको तथा अधिकतम ८० यात्रु क्षमता  रहेकाे उल्लेख छ। यो बीवाइडीको ब्लेड ब्याट्री द्वारा संचालित रहेको, जुन ठाउँ बचत गर्न चेसिसमा इन्टिग्रेटेड छ।बस एक पटकको चार्जमा ६०० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ।

ईबस बी १२ को नयाँ पुस्ता बीवाइडीको आफ्नै ब्रान्ड अन्तर्गत इन्टिग्रेटेड ब्लेड ब्याट्री चेसिस फिचर गर्ने पहिलो मोडल हो। ईबस बी १२ सँग ५०० की किलोवाटको अधिकतम ब्याट्री क्षमता र ६०० किलोमिटर सम्मको दायरा रहेकाे उल्लेख  छ। दुबै नयाँ बसहरू बीवाइडीको नवीनतम विद्युतीय सवारी प्रविधिले सुसज्जित छन्, जसमा यसको इन्टीलिजेन्ट ड्राइभिङ एसीस्टेन्ट सीस्टम र यसको भेहिकल-टू-एभरिथिङ (भी २ एक्स) सञ्चार प्रणाली समावेश रहेकाे बताइएकाे छ।

नयाँ इलेक्ट्रिक डबल-डेकर कोच २०२४ को सुरुमा युरोपमा उपलब्ध हुने अपेक्षा गरिएको छ। त्यस्तै ईबस बी १२ को नयाँ पुस्ता २०२४ को मध्यमा युरोपमा उपलब्ध हुने अपेक्षा गरिएको छ। बीवाइडीको नयाँ विद्युतीय बसहरूले  ट्रान्जिसनमा थप दिगो यातायात प्रणालीकाे रुपमा प्रमुख भूमिका खेल्ने अपेक्षा गरिएको छ।

बीवाइडीले यसको उत्पादन  विस्तार गर्न जारी राखेकाे हाे। हाल विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक भएकोले कम्पनीले यसै अनुरूप विभिन्न बजारमा प्रवेश गर्ने र टेस्ला र एक्सपेङ जस्ता प्रतिस्पर्धीहरूसँगको खाडल फराकिलो बनाउने लक्ष्य राखेको गिज्माेचाइनामा उल्लेख छ।

easy care

प्रकाशित: २६ आश्विन २०८०, शुक्रबार