पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिनेका लागि सिजि एक्स्चेन्ज क्याम्प आयोजना

Technology Khabar २६ आश्विन २०८०, शुक्रबार

पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिनेका लागि सिजि एक्स्चेन्ज क्याम्प आयोजना

काठमाडौं ।

सिजि मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिनेका लागि सिजि एक्स्चेन्ज क्याम्प आयोजना गरेकाे छ। आउँदै गरेको चाड दशैंलाई लक्षित गरी सिजि मोटर्सले नेटाभी प्रेमीहरुका लागि एक्स्चेन्ज क्याम्पको आयोजना गरेको हाे।

पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिने इच्छुकहरुका लागि आश्विन २४ गतेदेखि २८ गतेसम्मका लागि बिशालनगर, काठमाण्डौ स्थित शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गरीरहेको बताइएकाे छ।

एक्स्चेन्ज क्याम्पमा आकर्षक बोनस सहित पुरानो गाडीको राम्रो भ्यालुएसन, एक बर्षको बीमा, सडक दस्तुर तथा डिक्की फुलअफर समेत दिइरहेको कम्पनिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साथै हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार रहेको पनि बताइएकाे छ। सेग्मेन्टमा सबैभन्दा ठूलो ३३५ लिटरको डिक्की भएको नेटा भीले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १,४०० वाटको प्रेशर वाशर, भ्याकुम कप, भ्याकुम फ्लास्क, ६.६ किलोवाटको चार्जर तथा टायर सेट निशुल्क दिइरहेको जानकारिमा बताइएकाे छ।

प्योर इभी प्लेटफर्ममा बनेको नेटा भीको अपत्यारिलो ३८० किमीको रेन्ज तथा प्रिमियम इन्टिरियरको कारणले गर्दा नेटा भी इभी प्रेमीहरुको पहिलो रोजाईमा परिरहेको कम्पनीकाे विज्ञप्तीमा उल्लेख छ।

साथै, ३८० कि.मी. रेन्ज, ०.५ रुपैँया प्रति किमी खर्च, १० वर्ष अथवा २ लाख किमी ब्याट्री र मोटरमा वारेण्टी, ६३ प्रतिशत हाइटेन्साइल स्टिल प्रयोग भएको कारणले पनि नेटा भी ग्राहकको महत्वपूर्ण  रोजाइमा पर्न  सफल भएको कम्पनीको दाबी छ।

easy care

प्रकाशित: २६ आश्विन २०८०, शुक्रबार

ताजा समाचार