लन्च भएदेखि गुगलको पिक्सेल फोन ४० मिलियन ढुवानी

Technology Khabar २३ आश्विन २०८०, मंगलवार

लन्च भएदेखि गुगलको पिक्सेल फोन ४० मिलियन ढुवानी

काठमाडौं ।

गुगलले आफ्नो पिक्सेल फोन २०१६ मा लन्च गरेदेखि हालसम्म करिब ४० मिलियन यूनिट ढुवानी गरेको छ।

आईडीसीका उपाध्यक्ष फ्रान्सिस्को जेरोनिमोका अनुसार २०१६ देखि २०२३ को अवधिमा गुगल पिक्सेल फोन ३७.९ मिलियन यूनिट ढुवानी भएको छ।

संख्याको आधारमा यो धेरै ठूलो उपलब्धि हैन। एप्पलले हरेक वर्ष अनुमानित २२४ मिलियन आईफोन ढुवानी गर्ने गर्छ र यो बढ्दो क्रममा छ। २०१८ मा जेरोनिमोले औंल्याए कि गुगलले पिक्सेल लाइनअपको पहिलो वर्षको तुलनामा ढुवानीलाई दोब्बर बनाएको थियो, तत्कालिन समयमा कुल ढुवानी ४ मिलियन यूनिट मात्र थियो। गुगलले २०१९ मा गति लिँदै सोही वर्षमै ७.२ मिलियन यूनिट पिक्सेल फोन ढुवानी गरेको ९टु५गुगलले उल्लेख गरेको छ।

गत वर्ष पिक्सेल ७ लन्च हुनु अघि गुगलले २७.६ मिलियन यूनिट पिक्सेल फोन ढुवानी गरेको थियो। उल्लेखनीय रूपमा, यसको मतलब गुगलले गत १२ महिनाको अवधिमा लगभग १०मिलियन पिक्सेल फोनहरू ढुवानी गर्न सफल भएको छ। यो पिक्सेलका लागि हालसम्मकै उत्कृष्ट बिक्री रेकर्ड हो। यस अघि कम्पनीले अधिकतम ७.२ मिलियन यूनिट ढुवानी गरेको थियो।

त्यो तथ्यांक धेरै आश्चर्यको रूपमा आउँदैन, किनकि गुगलले गत वर्षदेखि अमेरिका र जापानमा सक्रिय रूपमा लोकप्रियता प्राप्त गरिरहेको छ। यस वर्षको सुरुमा, एक क्यू२ रिपोर्टले देखाएको छ कि गुगल पिक्सेलले अघि बढिरहेको छ भने अन्य एन्ड्रोइड प्लेयरको बजार घटिरहेको देखिन्छ। जुलाईमा जापान अहिले पिक्सेल फोनका लागि गुगलको सबैभन्दा ठूलो बजार भएको तथ्य आएको थियो। रिपोर्टले पिक्सेल फोनले जापानबाट आईफोनको बजार हिस्सा सक्रिय रुपमा आफ्नो तर्फ आकर्षित गरिरहेको छ।

easy care

प्रकाशित: २३ आश्विन २०८०, मंगलवार

ताजा समाचार