ग्लोबल ईभी बिक्रीमा टेस्लालाई उछिन्दै बीवाईडी अग्रस्थानमा

Technology Khabar २१ आश्विन २०८०, आईतवार

ग्लोबल ईभी बिक्रीमा टेस्लालाई उछिन्दै बीवाईडी अग्रस्थानमा

काठमाडौं ।

इलेक्ट्रिक भेहिकल मार्केट (विद्युतीय सवारीसाधनको बजार) मा प्रतिस्पर्धा तीव्र रुपले अघि बढिरहेको छ। टेस्ला, बीवाईडी, एक्सपेङ्ग, फक्सवागन, लुसिड जस्ता थप अन्य धेरै ब्रान्डहरू अधिक ग्राहकहरू माझ पुग्न र ठूलो मार्केट सयर प्राप्त गर्नका लागि कडा प्रतिस्पर्धा गरिरहेका छन्।

यद्यपी यस दौडमा सबैलाई टेस्लाले नेतृत्व गरिरहेको छ।

यसैबीच क्यानालिसद्वारा प्रकाशित हालैको रिपोर्टले ग्लोबल ईभी सेल्स (विश्वव्यापी ईभी बिक्री) को अवस्थाको साथै बीवाईडीले आफ्नो शीर्ष स्थान कायम राख्नका लागि के–कस्ता व्यवस्था गरेको छ भन्ने बारे विवरणहरू खुलासा गरेको छ।

क्यानालिसको पछिल्लो रिपोर्ट अनुसार २०२३ को पहिलो ६ महिनामा ग्लोबल ईभी सेल्स (विश्वव्यापी ईभी बिक्री) ६.२ मिलियन यूनिट पुगेको र रेकर्ड कायम हुनुका साथै ४९ प्रतिशत वृद्धि भएको उल्लेख छ। इलेक्ट्रिक भेहिकल्सको सन्दर्भमा चीनले कुल बिक्रीको ५५ प्रतिशत (३.४ मिलियन यूनिट) का साथ ग्लोबल ईभी मार्केटमा प्रभुत्व जमाउँदै नेतृत्व गरेको उल्लेख छ।

ईभीहरुले अब उक्त क्षेत्रका सबै लाईट भेहिकल सिपमेन्टसको ३१ प्रतिशत ओगटेको जनाइएको छ। वृद्धि, प्रभावशाली भए तापनि २०२२ पहिलो अर्ध वार्षिकको ११८ प्रतिशत वृद्धि घटेर २०२३ पहिलो अर्ध वार्षिकमा ४३ प्रतिशतमा पुगेको उल्लेख गरिएको छ।

ग्लोबल मार्केट सेयरमा युरोपले चीनलाई १.५ मिलियन यूनिटको प्रतिनिधित्व गर्दै २४ प्रतिशतको साथ पछ्याएको उल्लेख छ। युरोपको वार्षिक वृद्धि उल्लेखनीय रूपमा ३४ प्रतिशत रहेको जनाइएको छ। त्यसैगरी अमेरिका १३ प्रतिशत सेयरको साथ ग्लोबल ईभी सेल्समा पछाडि परेको छ।

टेस्ला भर्सेस बीवाईडी

विश्वव्यापी रुपमा टेस्ला अझै पनि इलेक्ट्रिक कारको टप सेलरको रुपमा रहेको छ र यसले २०२३ को पहिलो ६ महिनामा ९,३५,००० कारहरू बिक्री गरेको उल्लेख गरिएको छ। साथै यो गत वर्षको तुलनामा ६५ प्रतिशतको ठूलो छलाङ्ग भएको जनाइएको छ। कम्पनीको सबैभन्दा धेरै बिक्री हुने कार मोडल वाई भएको र यस पश्चात मोडल ३ रहेको जनाइएको छ।

बीवाईडीले सोही अवधिमा १३ लाखभन्दा बढी इलेक्ट्रिक र हाइब्रिड कारहरू बिक्री गरेको र गत वर्षको तुलनामा आफ्नो बिक्री दोब्बर बनाएको उल्लेख छ। युआन प्लस, डल्फिन र सङ्ग प्रो लगायत बीवाईडीका कारहरूले विश्वव्यापी रूपमा सबै इलेक्ट्रिक कार बिक्रीको ९ प्रतिशत ओगटेका जनाइएको छ। साथै क्यानालिसले २०२३ को अन्त्यसम्ममा १८ प्रतिशत बजार हिस्सा कब्जा गर्दै विश्वव्यापी ईभी बिक्री १४ मिलियन यूनिट नाघ्ने अनुमान गरेको छ।

easy care

प्रकाशित: २१ आश्विन २०८०, आईतवार