टोकियो मोटर शोमा हाइड्रोजनबाट चल्ने सुजुकी बर्गम्यान स्कुटर प्रदर्शन गरिने

Technology Khabar २० आश्विन २०८०, शनिबार

टोकियो मोटर शोमा हाइड्रोजनबाट चल्ने सुजुकी बर्गम्यान स्कुटर प्रदर्शन गरिने

काठमाडौं ।

जापानको टोकियोमा २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म मोटर शो आयोजना हुँदैछ। उक्त मोटर शोमा सुजुकीले आफ्नो इलेक्ट्रिक तथा हाइड्रोजनबाट सञ्चालन हुने बर्गम्यान स्कुटर प्रदर्शन गर्नेछ।

जापानी अटोमोबाइल कम्पनी सुजुकीका अनुसार भारतमा बर्गम्यान इलेक्ट्रिक स्कुटरको परीक्षण भइरहेको छ। कम्पनीले यस वर्षको सुरुवातमा ई-बर्गम्यान प्रस्तुत गर्दै यसको प्राविधिक विशेषता पनि खुलासा गरेको थियो।

सुजुकी बर्गम्यान स्कुटरमा स्वापेबल लिथियम-आयन ब्याट्री प्याक दिइएको छ। स्कुटर ६० किलोमिटर प्रटि घण्टाको गतिमा चल्दा ४४ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। ई-बर्गम्यान स्कुटरको पावर ४ किलोवाट भएको कम्पनीको दाबी छ।

साथै सुजुकीले हाइड्रोजनबाट चल्ने बर्गम्यान स्कुटरको केही तस्बिर र जानकारी पनि उपलब्ध गरेको छ। यो आधिकारिक रुपमा अक्टोबरको अन्त्यमा २०२३ जापान मोबिलिटी शोमा लन्च गरिने ड्राइभस्पार्कले उल्लेख गरेको छ।

यस स्कुटरमा हाइड्रोजनबाट चल्ने कारको जस्तो फ्यूल सेल प्रविधिको प्रयोग गरिएको छैन। यो इन्जिन पेट्रोलको सट्टा हाइड्रोजन मार्फत चल्नेछ। यसमा स्कुटरमा ७०एमपीए (१० हजार १५३पीएसआई) हाइड्रोजनबाट इन्धन ट्यांकको सुविधा दिइएको छ।

हाइड्रोजन फ्यूल इन्जिन नयाँ प्रविधि भने हैन। धेरै कार निर्माताहरु यस प्रविधिमा काम गरिरहेका छन्। कम्पनीका अनुसार यो प्रविधि बर्गम्यान ४०० को कन्सेप्टमा विकास गरिएको छ।

यो सिर्फ एक प्राविधिक प्रदर्शन हो र यसको व्यावसायिक लन्चको हालसम्म कुनै योजना नभएको रिपोर्ट गरिएको छ। सुजुकी हाइड्रोजन बर्गम्यान स्कुटरको विशेष जानकारी टोकियो मोटर शोमा देख्न सकिनेछ।

easy care

प्रकाशित: २० आश्विन २०८०, शनिबार

ताजा समाचार