ह्वावे हार्मोनीओएस ४ घोषणा, प्रयोगकर्ता आफैंले होम स्क्रिन कस्टमाइज गर्न सक्ने

Technology Khabar २२ श्रावण २०८०, सोमबार

ह्वावे हार्मोनीओएस ४ घोषणा, प्रयोगकर्ता आफैंले होम स्क्रिन कस्टमाइज गर्न सक्ने

काठमाडौं ।

ह्वावे हेभलपर कन्फ्रेन्स २०२३ मा हार्मोनीओएस ४ घोषणा गरिएको छ। हार्मोनीओएसको यो नवीनतम भर्सनले स्मार्टफोन, ट्याब्लेट र स्मार्टवाचहरूका लागि रोमाञ्चक नयाँ पर्सनाइजेसन विकल्पहरूको साथमा एक प्रमुख भिजुअल रिडिजाइन ल्याउने गिजचाइनाले उल्लेख गरेको छ।

विश्वभरका ७० करोडभन्दा बढी डिभाइस हार्मोनीओएस इकोसिस्टमद्वारा सञ्चालित छ। यो स्मार्टफोन, टिभी र कारहरू लगायतका क्षेत्रहरूमा फैलिएको छ। ह्वावेले बजारमा आफ्नो स्थिति बलियो बनाउन जारी राखेको छ।

हार्मोनीओएस ४ मा मुख्य अपडेटहरू मध्ये होम स्क्रिन कस्टमाइज गर्ने क्षमता हो। प्रयोगकर्ताहरूसँग अब आफ्नो प्राथमिकता अनुसार सिस्टम फन्टहरू, रंगहरू, घडी शैलीहरू र विजेटहरू परिवर्तन गर्ने स्वतन्त्रता छ।

यसले प्रशस्त संयोजन र अनुकूलन विकल्पहरूको प्रदान गर्दछ, जसले प्रयोगकर्ताहरूलाई साँच्चै उनीहरूको डिभाइस आफ्नै बनाउन अनुमति दिन्छ। यसका साथै प्रयोगकर्ताहरूले अब व्यक्तिगत स्वाभवका स्पर्श जोडेर आफ्नो मनपर्ने इमोजी चयन गरेर इमोजी वालपेपर र होम स्क्रिनहरू सेट गर्न सक्छन्।

ह्वावेले एनिमेटेड विकल्प प्रस्तुत गरेर हार्मोनीओएस ४ मा आफ्नो इमोजी प्याक पनि बढाएको छ। प्रयोगकर्ताहरूले अब यी जीवन्त र गतिशील इमोजीहरू मार्फत आफूलाई अझ स्पष्ट रूपमा व्यक्त गर्न सक्छन्। यसबाहेक, प्यानोरम वेदर नामक नयाँ सुविधा थपिएको छ, जसले प्रयोगकर्ताहरूलाई आफ्नो लक स्क्रिनमा दैनिक पूर्वानुमानको ट्र्याक राख्न सक्षम बनाउँछ। रियल टाइम मौसम अपडेट प्राप्त हुने भएकाले यस अनुरुप प्रयोगकर्ताले आफ्नो दैनिकी योजना बनाउन सक्छन्।

easy care

प्रकाशित: २२ श्रावण २०८०, सोमबार

ताजा समाचार