शाओमीको ‘स्मार्ट स्टीम ओभन’ अनावरण

Technology Khabar १३ जेष्ठ २०८०, शनिबार

शाओमीको ‘स्मार्ट स्टीम ओभन’ अनावरण

काठमाडौं ।

शाओमीले आफ्नो प्रोडक्ट पोर्टफोलियो विस्तार गर्ने क्रम जारी नै राखेको छ। कम्पनीले हाल आफ्ना प्रयोगकर्ताहरूलाई स्मार्ट डिसवाशरदेखि ट्रेडमिलसम्मका विभिन्न उत्पादनहरू प्रदान गर्दै आईरहेको छ। यसैक्रममा कम्पनीले उक्त दायरामा नयाँ उत्पादन थपेको छ।

चिनियाँ टेक जायन्टले भर्खरै घरमा सजिलो र थप सुविधाजनक तवरले स्वस्थ खाना पकाउनको लागि भनेर डिजाइन गरिएको मिजिया स्मार्ट स्टीम ओभन लन्च गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

तेलको सट्टा तातो हावा प्रयोग गरेर खाना पकाउन सक्ने क्षमताको कारण धेरै भान्साहरूमा एयर फ्राइरहरू प्रिय वस्तु भएका छन्। उक्त एयर फ्राइरहरूले स्वस्थ र कम चिल्लो भएका फ्राइड फुड (खानाहरू) उत्पादन गर्न सक्षम रहेको बताइएको छ।

कुकिङ्ग टेक्नोलोजि (खाना पकाउने प्रविधि) मा यस नवीनतालाई थप्दै शाओमीले नयाँ उत्पादन ‘मिजिया स्मार्ट स्टीम ओभन’ लन्च गरेको हो। यस उपकरणले परम्परागत ओभनको साथ एयर फ्राइरका सुविधाहरू मर्ज गरेर भर्सटाइल र हेल्थ–कन्सियस सलुसन (स्वास्थ्य–सचेत समाधान) प्रदान गर्ने उल्लेख छ।

शाओमीको यस नयाँ मिजिया स्मार्ट स्टीम ओभनको मूल्य १९९९ युआन रहेको छ।

मिजिया स्मार्ट स्टीम ओभन एक भर्सटाइल किचन अप्लाइन्स (बहुमुखी भान्सा उपकरण) भएको र यसले विभिन्न प्रकारका खानाहरू छिटो र सजिलै पकाउन सक्नेछ। यस मिजिया स्मार्ट स्टीम ओभनमा १२०० वाटको हाई–पावर इभापोरेसन (उच्च–शक्ति वाष्पीकरण) प्यान, विभिन्न किसिमका खाना पकाउन मोडहरू, स्मार्टफोन एप र धेरै रेसिपीहरू जस्ता फिचर्सहरु समावेश गरिएको उल्लेख छ। साथै उक्त फिचर्सहरुले मिजिया स्मार्ट स्टीम ओभनलाई बजारमा उपलब्ध भएका अन्य स्टीम ओभनहरू भन्दा भिन्न बनाएको बताइएको छ।

मिजिया स्मार्ट स्टीम ओभनमा खाना पकाउनको लागि तेल वा बोसो नचाहिने हुनाले यस ओभनको स्टिम (वाफ) कुकिङ्गबाट खानाहरु पकाउनु एक स्वस्थ तरिका भएको दाबी गरिएको छ। त्यसै गरी स्मार्ट स्टीम ओभनले खाना छिट्टै पकाउने भएकाले समय पनि बचत हुने बताइएको छ।

मिजिया स्मार्ट स्टीम ओभन हाल चीनमा मात्र खरिदका लागि उपलब्ध भएको र आउँदो महिनाहरुमा अन्य बजारहरुमा पनि रिलिज हुने अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: १३ जेष्ठ २०८०, शनिबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार