Technology Khabar १ जेष्ठ २०८०, सोमबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गते अर्थात आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार आज सोमबारदेखि एमडीएमएस लागू गरेको जनाएको छ।
प्राधिकरणले यसअघि नै एक सूचनामार्फत नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न २०८० जेठ १ गतेदेखि एमडीएमएस प्रणाली लागु गरिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी दिएको थियो।
दूरसञ्चार प्राधिकरणकाअनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाईल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ।
यस बाहेकका मोबाइल फोनहरुको लागि भने नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले तोकिए बमोजिमका कागजातहरू प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको उल्लेख गरेको छ।
यसको लागि सम्बन्धित व्यक्तिले राहदानी वा नागरिकताका साथमा डिपार्चर तथा अराइभल स्ट्याम्प देखिने राहदानीको पृष्ठ वा बोर्डिङ्ग पास पेश गर्नुपर्ने छ।
यहाँ हामी तपाईँले व्यक्तिगतरुपमा विदेशबाट ल्याउनुभएको मोबाइल कसरी दर्ता गर्ने भन्ने बारेमा जानकारी दिने प्रयास गर्नेछौं।
अनलाईन आवेदन भर्दा ध्यान दिनुपर्ने कुराहरुः-
नेपालको विद्यमान कानूनी सुविधा (नेपाल सरकारको ओजीएल (OGL) सुविधा) अन्तर्गत विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याईएका मोबाइल सेटहरुलाई नियमानुसार एमडीएमएस प्रणालीमा दर्ता गर्दा निम्न बमोजिम कुराहरुमा ध्यान दिनु पर्दछ।
यसको लागि सबैभन्दा पहिले तपाईँले एमडीएमएसको यो लिंक https://mdms.nta.gov.np/individual-registration/validateImei क्लिक गरेर सम्बन्धित वेबसाइटमा जानुहोस्।
उल्लेखित बिबरणहरु भरीसकेपछि पनि तपाईँको मोबाइल फोनको आईएमईआई नम्बर दर्ता नहुन सक्दछ। विवरण मेल नखाएमा या अपलोड गरिएको स्क्यान कपी अस्पष्ट भएमा आवेदन अस्वीकृत गरिने प्राधिकरणले जनाएको छ।
तपाईँको आवेदन अस्वीकृत भएको खण्डमा तपाईँले माग गरेका बिबरणहरु फेरी भरेर अनलाइनमा बुझाएपछि स्वीकृत हुनसक्नेछ।
प्रकाशित: १ जेष्ठ २०८०, सोमबार