रियलमी जीटी निओ ५ एसई अप्रिल ३ मा लन्च गरिने

Technology Khabar १२ चैत्र २०७९, आईतवार

रियलमी जीटी निओ ५ एसई अप्रिल ३ मा लन्च गरिने

काठमाडौं ।

गत महिना जीटी निओ ५ प्रस्तुत गरेको रियलमीले चीनमा आगामी अप्रिल ३ मा एसई मोडल लन्च गर्ने भएको छ। चीनको स्थानीय समय अनुसार दिउँसो २ बजे शुरु हुने कार्यक्रममा रियलमी जीटी निओ५ एसई लन्च गरिने बताइएको छ।

रियलमीले सेयर गरेको भिडियो क्लिपमा निओ ५ एसइको पछाडिको भागमा तीन ओटा क्यामरा देखिनुका साथै यसमा भेनिला मोडेलमा रहेको आरजीबी एलईडी आयताकार छुटेको उल्लेख गरिएको छ।

रियलमीको अर्को टिजरले जीटी निओ ५ एसई ८.९५ एमएम मोटो भएको बताएको छ। त्यसैगरी यसको तौल १९३.१ ग्राम रहेको र निओ ५ भन्दा लगभग ६ ग्राम हलुका भएको उल्लेख गरिएको छ। साथै निओ५ एसई भर्खरै घोषणा गरिएको स्न्यापड्रागन ७ प्लस जेन २ द्वारा संचालित हुने भनी कम्पनीले पहिले नै पुष्टि गरिसकेको बताइएको छ।

रियलमी जीटी निओ५ एसईको स्पेक्स सिट आधिकारिक रूपमा विस्तृत हुन बाँकी नै भएको बताएको छ। यद्यपी एएनटीयूटीयूमा केही स्पेक्सहरुकासाथ पपअप भएको मोडेल कोड आरएमएक्स ३७०० रहेको उक्त रियलमी डिभाइस निओ५ एसई हुनसक्ने अपेक्षा गरिएको छ।

एएनटीयूटीयूमा देखा परे अनुसार उक्त फोनमा स्न्यापड्रागन ७ प्लस जेन २, १६जीबी एलपीडीडीआर५ र्याम, १ टीबी यूएसएस ३.एक्स स्टोरेज र एन्ड्रोइड १३ समावेश गरिएको बताइएको छ। साथै आरएमएक्स३७०० मा १२० हजर्को स्क्रिन प्याक रहेको तर एएनटीयूटीयूले भने उक्त स्क्रिनको डयग्लोनल वा रिजोल्युसन भने नखुलाएको बताइएको छ।

easy care

प्रकाशित: १२ चैत्र २०७९, आईतवार

ताजा समाचार