शाओमी र रियलमीको आगामी फोनमा क्वालकमको नयाँ चिपसेट एसडी ७प्लस जेन २ समावेश गरिने

Technology Khabar ५ चैत्र २०७९, आईतवार

शाओमी र रियलमीको आगामी फोनमा क्वालकमको नयाँ चिपसेट एसडी ७प्लस जेन २ समावेश गरिने

काठमाडौं ।

क्वालकमले भर्खरै आफ्नो स्न्यापड्रागन ७प्लस जेन २ चिपसेट अपर–मिडरेन्ज फोनहरूको लागि घोषणा गरेको छ। साथै शाओमी र रियलमीले अब आफ्नो पहिलो फोनहरूमा एसओसी प्रयोग गर्न तय गरेको पुष्टि गरेका छन्।

कम्पनीहरुको आगामी डिभाइसहरू रेडमी नोट १२ टर्बो र रियलमी जीटी नियो५ एसई हुनेछन् दुबै ब्रान्डका लागि आधिकारिक वेईबो पेजहरूले पुष्टि गरेका जीएसएमएरिनामा उल्लेख छ।

त्यसैगरी पोको एफ५ पनि चाँडै नै एसडी७प्लस जेन२ चिपको साथ लन्च गर्न सेट गरिएको टिपस्टर योगेश ब्रारले खुलासा गरेको बताइएको छ। साथै क्वालकमले स्न्यापड्रागन ६८५ सँग अर्को मिडरेन्ज चिपसेट लन्च गर्ने अफवाह पनि रहेको छ। क्वालकमको उक्त अर्को मिडरेन्ज चिपसेट रेडमी नोट १२ फोरजीमा डेब्यु हुनसक्ने संभावना रहेको छ।

शाओमीले रेडमी नोट १२ सिरिजको लागि मार्च २३ लाई लन्च मितिको रुपमा तय गरेको छ। साथै त्यहाँ स्न्यापड्रागन ७प्लस जेन २ द्वारा संचालित (पावर्ड) नयाँ रेडमी नोट १२ टर्बो मोडेल देख्न सकिने अपेक्षा गरिएको छ। १२० हर्ज रिफ्रेस रेटका साथै एफएचडी प्लस रिजोल्युसन सहितको ६.६७–इन्च एएमओएलईडी डिस्प्लेको साथ फोन लन्च हुनसक्ने छ। साथै ५० मेगापिक्सेलको मुख्य क्यामरा र ६७ वाटको चार्जिङको साथ ५,५०० एमएएच ब्याट्री पनि फोनमा समावेश गरिने बताइएको छ।

रियलमी जीटी नियो५ एसई १४४ हर्ज रिफ्रेस रेट भएको एमोलेडसहित ५० मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको सहायक मोड्युलको साथ लन्च गर्ने अपेक्षा गरिएको छ। साथै फोन १६ जीबी र्याम र ५१२ जीबी स्टोरेजको साथै रियलमी यूआई ४.० सँग एन्ड्रोइड १३ बुट गर्ने उल्लेख गरिएको छ। जीटी नियो५ एसइ अप्रिलको केहि समय लन्च गरिने चर्चा रहेको छ।

easy care

प्रकाशित: ५ चैत्र २०७९, आईतवार