भारतमा २०३० सम्म हरेक वर्ष १ करोड इलेक्ट्रिक सवारी बिक्री हुने

Technology Khabar १८ माघ २०७९, बुधबार

भारतमा २०३० सम्म हरेक वर्ष १ करोड इलेक्ट्रिक सवारी बिक्री हुने

काठमाडौं ।

भारतमा इलेक्ट्रिक सवारीको बिक्री २०३० सम्म एक करोड यूनिट पुग्नेछ। यसबाट ५ करोड प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्राप्त हुने अपेक्षा गरिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

मंगलबार भारतको संसदमा प्रस्तुत गरिएको आर्थिक सर्वेक्षण २०२२/२३ अनुसार गत डिसेम्बरमा भारतले सवारी बिक्रीमा जापान र जर्मनीलाई पछि पार्दै विश्वको तेस्रो ठूलो अटोमोबाइल बजार बन्न सफल भएको छ।

अटोमोटिभ उद्योगमा ग्रीन इनर्जीतर्फ बढ्ने अपेक्षा गरिएको छ। घरेलु इलेक्ट्रिक सवारी बजार २०२२ देखि २०३०को बीचमा ४९ प्रतिशत को (सीएजीआर) दरमा बढ्ने अनुमान गरिएको छ। उद्योगको अनुमान अनुार २०२२ मा भारतमा कुल ईभीको बिक्री करिब १० लाख यूनिट रहेको छ।

२०२१ मा भारत दुई पांग्रे र तीन पांग्रे सवारीमा सबै भन्दा ठूलो निर्माता र यात्री कारमा संसारको चौथो ठूला निर्माता थियो। २०२१ को अन्त्यमा ३.७ कारेडको प्रत्यक्ष र अप्रत्यक्ष रोजगार सिर्जिना गर्दै समग्र घरेलु उत्पादनमा ७.१ प्रतिशत र घरेलु उत्पादमा ४९ प्रतिशतको योदान थियो।

सरकारको फास्टर एडप्सन एन्ड म्यानुफ्याक्चरिङ अफ इलेक्ट्रिक भेहिकल (एफएएमई आईआई) योजना अनुसार २०१९ देखि २०२४ को बीचमा १० हजार करोड भारु बजेटका साथ ७.१ लाख ईभीलाई प्रोत्साह दिइएको थियो। साथै ७ हजार २१० ई बसलाई अनुमति दिइएको थियो। जसमा २ हजार १७२ ई बस डिसेम्बर २०२२ सम्म शुरु गरिएको थियो। यस योजनामा १० लाख दुई पांग्रे, ५ लाख तीन पांग्रे, ५५ हजार कार र ७ हजार ९० बसलाई सपोर्ट गर्ने परिकल्पना गरिएको थियो।

रिपोर्टमा अटो कम्पोनेन्टको बढ्दो बिक्री तर्फ पनि संकेत गरिएको छ। अटोमोटिभ कम्पोनेन्ट म्यान्यूफ्याचरर्स एसोसिएशन अफ इन्डिया (एसीएमए)का अनुसार अटो कम्पोनेन्ट उद्योग २०२२÷२३ को पहिलो ६ महिनामा ३४.८ प्रतिशत वृद्धिका साथ २.६५ लाख करोड भारु वृद्धि देखेको छ। यो घरेलू माग विशेष रुपमा यात्री सवारी सेगमेन्टमा भन्दा पनि ठूलो छ।

उक्त समयमा कम्पोनेन्ट निर्यात ८.६ प्रतिशतले बढेर ७९।०३ लाख करोड भारु पुगेको छ। आयात १७.२ प्रतिशतले बढेर ७९.८ लाख करोड रुपैयाँ भारु छ। उद्योगले २०२१/२२ मा ४ लाख २० हजार ६२१ करोड भारुको कारोबार गरेको छ। २०२०/२१ मा ३ लाख ४० हजार ७३३ करोड रुपैयाँ थियो।

easy care

प्रकाशित: १८ माघ २०७९, बुधबार

ताजा समाचार