आईओएस १६ मा उपलब्ध ३ गोप्य फिचरहरु यस्ता छन्

Technology Khabar ३१ आश्विन २०७९, सोमबार

आईओएस १६ मा उपलब्ध ३ गोप्य फिचरहरु यस्ता छन्

काठमाडौं ।

एप्पलले आफ्नो उत्पादनमा आईओएस १६ केही समय अघि रोलआउट गरेको छ। आईफोन प्रयोगकर्ताले आईओएस १६ अपडेटमा उपलब्ध सबै फिचरहरु बुझ्न र सिक्न बाँकी नै छ।

यस्ता छन् आईओएस १६ को ३ गोप्य फिचर

डिलिट कन्ट्याक्ट

आईफोनमा कन्ट्याक्ट (सम्पर्क नम्बर) सूचीबाट हटाउने प्रक्रिया जटिल छ। तर आईओएस १६मा भने केही स्टेपबाट कन्ट्याक्ट सजिलै हटाउन सकिन्छ। यदि तपाईले आईओएस १६ अपडेट गरिसक्नु भएको छ भने कन्ट्याक्ट एपमा जानु पर्ने हुन्छ। तपाईले हटाउन चाहनु भएको कन्ट्याक्टलाई होल्ड गर्नुहोस्। त्यसपछि ड्रप डाउन मेनु देखा पर्नेछ, र मेनुको तल तपाईले डिलिट कन्ट्याक्ट बटम देख्नु हुनेछ। त्यो बटन क्लिक गरेर कन्ट्याक्ट डिलिट गर्न सकिन्छ।

एड क्विक नोट टु कन्ट्रोल सेन्टर

क्विक नोट आईओएस १६ को सबैभन्दा धेरै अन्डररेट गरिएको फिचरमध्ये एक हो। यदि तपाई नोटहरु नियमित रुपमा लिनुहुन्छ तर नोट एप प्रत्येक पटकपटक खोल्न झन्झट लाग्छ भने कन्ट्रोल सेन्टरमा क्विक नोट एड गर्न सक्नु हुनेछ। यसका लागि सेटिङमा कन्ट्रोल सेन्टरमा नेभिगेट गरेर क्विक नोटको छेउमा रहेको प्लस बटनमा ट्याप गर्नु पर्ने हुन्छ। एक पटक तपाईले यो प्रक्रिया पुरा गरिसकेपछि कन्ट्रोल सेन्टरमा नयाँ बटन देखा पर्नेछ। जुन नोटप्याडमा स्क्रिबलहरु जस्तो देखिन्छ। नोट लिनका लागि त्यसलाई ट्याप गर्दा हुन्छ।

आफूले चाहेको एपबाट म्यासेजको लिंक खोल्नुहोस्

सामान्यतया, तपाईले म्यासेजमा लिंक ट्याप गर्नु हुन्छ भने आईफोनले स्वचालित रुपमा सही एपमा त्यो लिंक खुल्छ। धेरैले वेबसाइटको लिंक ट्याप गर्दा क्रोममा खुल्छ। किन भने त्यो डिफल्ट ब्राउजर एप हो। तर आईओएस १६ मा यस अघि नखोलिएको लिंकहरु खोल्न चाहनु हुन्छ भने आफूले चाहेको एपमा लिंक खोल्न सकिन्छ। यदि तपाईले म्यासेजको पहिला प्रयोग नगरिएको यूआरएलमा लामो समयसम्म थिच्नु भयो भने धेरै एपहरुको नाम देखा पर्नेछ। उपलब्ध एपहरु मध्ये एक छनोट गरेर तपाईले लिंक खोल्न सक्नु हुनेछ।

easy care

प्रकाशित: ३१ आश्विन २०७९, सोमबार