यस्ता छन् नेपाल टेलिकम, एनसेल र स्मार्टले ल्याएका दशैं अफर

Technology Khabar १९ आश्विन २०७९, बुधबार

यस्ता छन् नेपाल टेलिकम, एनसेल र स्मार्टले ल्याएका दशैं अफर

काठमाडौं ।

विभिन्न संघसस्था, व्यापारिक कम्पनी लगायतले ठूलो चाड दशैंमा अफरहरु ल्याएका हुन्छन्। यसपालिको दशैंमा पनि नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम कम्पनीहरुले दशैं अफर ल्याएर बजार तताएका छन्।

केही विशेष छुटमा दशैं अफरले तहल्का मच्चाएको छ, ग्राहकहरुको बीचमा। सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमसँगै एनसेल र स्मार्ट टेलिकमले ग्राहकलाई आकर्षित गर्नका लागि डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दशैंअफर ल्याएको ल्याएको पाइन्छ।

नेपाल टेलिकमले यहि असोज २३ गतेसम्म मात्र लागू हुने गरि दशैं अफर ल्याएको हो।

जसअन्तर्गत नेपाल टेलिकमले डाटा प्याक अन्तर्गत २९४ रुपैंयामा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डेटा ३ दिनभित्र प्रयोग गर्न सकिने छ।

यस्तै नेपाल टेलिकमकै दशैं अफरमा १ दिनका लागि १ एमबीपीएसको अनलिमिटेडको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैंयामा उपलब्ध छ। यी प्याकहरु जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिन्छ।

अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने पनि नेपाल टेलिकमले जनाएको छ। २०० देखि ४९९ रुपैंयासम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १ हजार २४ एमबी डाटा प्याक उपलब्ध रहेको नेपाल टेलिकमले जनाएको छ।

यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भोल्टे सेवा पनि उपलब्ध रहेको नेपाल टेलिकमले जनाएको छ।

यसैगरी एनसेलले पनि दशैंमा रिचार्ज अफरमा हरेक दिन १०० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा अधिकतम रु.४० सम्म बोनस ब्यालेन्स पाइन्छ।

एनसेलका ग्राहकले रु. १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने १० रुपैयाँ बोनस पाइने छ।

जुनसुकै रकमको रिचार्जमा बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइनेछ। १ दिनमा १५० रुपैयाँ रिचार्ज गरेमा रु.२० बोनस प्राप्त हुन्छ। यसरी प्राप्त बोनस रकम भने तीन दिनका लागि मान्य रहन्छ।

यस्तै ग्राहकले १ दिनमा एकै पटक वा पटक–पटक गरी रु. २०० वा सो भन्दा बढीको रिचार्ज गरेमा ग्राहकले ४० रुपैयाँ बोनस ब्यालेन्स ७ दिनका लागि हुन्छ।

बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन्। ग्राहकले एनसेल नेटवर्क भित्र मात्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनुपर्नेछ।

यसैगरी स्मार्ट टेलिकमले दशैंको अफर प्याकमा १२५ रुपैंयामा ७ जीबी डाटा, ७० मिनेटको अल–नेटको भ्वाइस र अल–नेट एसएमएसको प्याक खरिद गर्न हुन्छ।

७ दिनको अफरमा स्मार्टसेल प्रयोगकर्ताले मोबाइलमा *14100*7*2*2# डायल गर्नुपर्छ।

easy care

प्रकाशित: १९ आश्विन २०७९, बुधबार