ग्यापुमा दशैं धमाका, ५० प्रतिशतसम्म छुट

Technology Khabar ३ आश्विन २०७९, सोमबार

ग्यापुमा दशैं धमाका, ५० प्रतिशतसम्म छुट

काठमाडौं ।

नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमले दशैंको अवसरमा विशेष अफर ल्याएको छ ।

अफरमा ग्यापुले विभिन्न सामानमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । सपिङ गर्नेहरुबाट दैनिक सपिङ विजेता घोषणा गरेर आकर्षक गिफ्ट प्रदान गर्ने ग्यापुको हेड अफ अपरेसन सुजनी केसीले बताइन् ।

ग्यापुको दशैं धमाका अफर असोज ३ देखि १० गतेसम्म चल्नेछ । यो योजनाअन्तर्गत ग्राहकहरुले घरायसी सामाग्री, कपडा, सौन्दर्य सामाग्री, बालबालिकाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा भारी छुट पाउनेछन् ।

त्यस्तै, एनआइसी एसिया ब‌ैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम ५ सय रुपैयाँ क्यासब्याक, हिमालय बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १ हजार, एनसिसि बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशत ९अधिकतम २ हजार० र माछापुच्छ्रे बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म अधिकतम १ हजारसम्म क्यास ब्याक दिने भएको छ ।

त्यस्तै इसेवाबाट भुक्तानी गर्ने मध्ये अफर अवधीभर दैनिक २ जना ग्राहकले लक्की ड्र मार्फत गिफ्ट भौचर पाउने ग्यापुका हेड अफ बिजनेस अभिमन्यु शर्माले बताए ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको आधिकारिक वेबसाईट gyapu.comमार्फत अर्डर गर्न सकिन्छ ।

ग्राहकले सामान खरिद गर्दा फोन पे, आइएमइ पे, कनेक्ट आइपिएस, इ–सेवा, प्रभु पे र जुनसुकै बैकंको मोबाइल बैकिङ बाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्छन् ।

त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ।

easy care

प्रकाशित: ३ आश्विन २०७९, सोमबार

ताजा समाचार