नेपालका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिईने

Technology Khabar ८ भाद्र २०७९, बुधबार

नेपालका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिईने

काठमाडौं ।

– जेसन लि
सहायक बोर्ड निर्देशक, ह्वावे बंगलादेश र नेपाल प्रतिनिधि कार्यालय

सीड्स फर द फ्युचर, हाम्रो सबैभन्दा लामो चलिरहेको ग्लोबल फ्ल्यागशिप ऋक्च् कार्यक्रम हो । २००८ देखि विश्वभरबाट १२,००० भन्दा बढी विद्यार्थीहरूले यसमा भाग लिएका छन् । यस वर्ष हामीले नेपालबाट ७ जना प्रतिभाशाली विद्यार्थीहरूलाई बैंकक, थाइल्यान्डमा रहेको हाम्रो पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पठाएकोमा मलाई धेरै गर्व छ ।

टेक फर गुड (Tech4Good) प्रतियोगिताको लागि म उहाँहरूलाई र उहाँहरूको शानदार विचारप्रति शुभकामना प्रकट गर्दछु ।

ह्वावेमा डिजिटल प्रतिभाहरू डिजिटल विकासको आधार हो भन्ने हामी बुझ्छौं । हामी सबै १७० देश र क्षेत्रहरूमा सक्रिय रूपमा डिजिटल प्रतिभाको विकासलाई बढावा दिइरहेका छौं । मलाई लाग्छ नेपालमा डिजिटल रूपान्तरणको ठूलो सम्भावना छ भनेर हामी सबै सहमत हुन सक्छौं । यस रूपान्तरणको मुटु प्रतिभाशाली युवा व्यक्तिहरू हुनेछन् । सीड्स फर द फ्युचर जस्ता कार्यक्रमहरू मार्फत हामी त्यस्ता डिजिटल प्रतिभाहरूको विकास गर्न योगदान दिने आशा गर्छौं। मलाई आशा छ कि यस वर्षको टेक फर गुड प्रतियोगिताको लागि विद्यार्थीहरूले विकास गरेको विचार वास्तविकतामा परिणत होस्।

आईसीटी पूर्वाधार र स्मार्ट उपकरणहरूको अग्रणी प्रदायकको रूपमा ह्वावे नेपालमा नयाँ प्रविधिहरू प्रस्तुत गर्न प्रतिबद्ध रहेको छ। हाम्रो लक्ष्य सधैं समाजमा भ्यालु निर्माण गर्ने रहेको छ । हामीले त्यो हाम्रा उत्पादन र सोलुसनहरू मार्फत गरेका छौं । हामी हाल सरकारी एजेन्सी, मोबाइल नेटवर्क अपरेटर, इन्टरनेट सेवा प्रदायक र निजी उद्यमहरूसँग काम गरिरहेका छौं (नेपालको प्रत्येक व्यक्ति, घर र संस्थामा डिजिटल पहुँच पुर्‍याउने लक्ष्यका साथ । हामी सबै आईसीटी सरोकारवालाहरूसँग ब्रोडब्यान्ड कनेक्टिभिटी, डाटा सेन्टरहरू, क्लाउड र कम्प्युटिङ र अन्य नयाँ प्रविधिहरू मार्फत साझेदारी गरेर नेपाली डिजिटल अर्थतन्त्रको जग निर्माण गर्ने आशा गर्दर्छौं ।

सीड्स फर द फ्युचर जस्ता कार्यक्रमहरू मार्फत हामी नेपालका प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिन सक्षम हुन चाहन्छौं । यस वर्ष छनोट भएका ७ जना विद्यार्थीले भविष्य निर्माणमा प्रविधिले खेलिरहेको भूमिका फस्ट-ह्यान्ड हेर्न सक्नेछन् । मलाई आशा छ कि उनीहरू फर्किएपछि उनीहरूले आफूले सिकेको कुरा आफ्ना साथीहरूलाई सिकाउने छन्।

(सीड्स फर द फ्युचर २०२२ को उद्घाटन समारोहमा जेसन लीले राखेको मन्तव्यमा आधारित नेपाली रुपान्तरण)

easy care

प्रकाशित: ८ भाद्र २०७९, बुधबार