आकर्षक फिचरसहित भिभो वाई १५सी सार्वजनिक

Technology Khabar २५ श्रावण २०७९, बुधबार

आकर्षक फिचरसहित भिभो वाई १५सी सार्वजनिक

काठमाडौं ।

विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आज वाई सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी सार्वजनिक गरेको छ ।
वाई१५सी को लन्चसँगै, भिभोले युवाहरूलाई प्रचूर विशेषताहरु भएको स्मार्टफोनहरू र विभिन्न मूल्य दायराहरूमा अर्थपूर्ण नवीनता प्रदान गर्ने आफ्नो दृष्टिकोणलाई अगाडि बढाएको हो ।

सिमलेस अनुभव सुनिश्चित गर्नका लागि वाई१ ५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ । युवा प्रयोगकर्ताहरुको जीवनशैलीसंग मिल्ने र दिनभरी निर्बोध रुपमा चलिरहने शक्तिशाली ह्यान्डसेट चाहने युवा र “अन द गो” उपभोक्ताहरूको जीवनशैली अनुरूप वाई१५सी लाई डिजाइन गरिएको हो ।

भिभो नेपालका सीईओ माइकलले भने, “युवा उपभोक्ताहरूलाई लक्षित गरी भिभोको वाई सिरिजले बजारमा आफूलाई नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन लाइन–अपको रूपमा स्थापित गरेको छ। वाई शृङ्खलाका स्मार्टफोनहरू “अन द गो” मिलिनेअलहरूको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो। उत्कृष्ट ५०००एमएएच ब्याट्रीले सुसज्जित, हालै लन्च गरिएको वाई१५सी सधैं अमूल्य साथी साबित हुनेछ। यो स्मार्टफोनको अन्य उल्लेखनीय सुविधाहरूमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, शक्तिशाली एआई डुअल क्यामेरा र स्टाइलिश डिजाइन समावेश छ।”

उत्कृष्ट क्लिकका लागि नयाँ युगको क्यामेरा
वाई१५सी मा १३एमपी एआई डुअल क्यामेरा र २एमपी सुपर क्याक्रो क्यामेरा सेटअप जसबाट उच्चस्तरीय फोटोग्राफी अनुभव लिन सकिन्छ । साथै, उत्कृष्ट सेल्फीहरुका लागि यसमा ८एमपी फ्रन्ट क्यामेरा छ । वाई१५सी ले दैनिक सुटिङ अनुभवलाई सहज बनाउन फेस ब्यूटी, फोटो, भिडियो, लाइभ फोटो, टाइम–ल्याप्स, पानोरामा, र प्रो मोड प्रस्तुत गर्दछ ।

लामो समयसम्म टिक्ने शक्तिशाली ब्याट्री
वाई१५सी मा ५०००एमएएच ब्याट्री छ जुन दैनिक कार्यका लागि पर्याप्त हुन्छ । यसलाई एक पटक पूर्ण चार्ज गरेपछि १८.७४ घण्टासम्म चलचित्र हेर्न वा ७.८९ घण्टा गेम खेल्न सकिन्छ । यसमा ५भोल्टको रिभर्स चार्जिङ छ, र पावर बैंक जस्ता अन्य उपकरण चार्ज गर्न प्रयोग गर्न सकिन्छ ।

इमर्सिभ प्रदर्शन र स्टाइलिश डिजाइन
वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ जसले प्रयोगकर्ताहरूलाई भिडियो स्ट्रिमिङ, इन्टरनेट सर्फिङ र गेम खेल्दा इमर्सिभ अनुभव प्रदान गर्दछ । यसको आई प्रोटेक्सनले गर्दा दिनभरी फोन चलाए पनि आँखा थकित हुँन दिँदैन । प्रभावशाली विशेषताहरु भएको यो स्मार्टफोन ८.२८एमएम पातलो छ, हलुका तौल र फोन बोक्दा आरमदायी अनुभव प्रदान गर्दछ ।

आकर्षक रंगहरू तथा विशेषताहरु
वाई१५सी दुईवटा आकर्षक रंगहरूमा ः मिस्टिक ब्लू र वेभ ग्रीनमा उपलब्ध छ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, फेस एक्सेस, बोकेह मोड, औरा स्क्रिन लाइट, मल्टी टर्बो ३.०, आईम्यानेजर, इजीसेयर लगायतका विशेषताहरु छन् । यो फनटच ओएस १२ (एन्ड्रोइड १२) मा सञ्चालित छ । वाई १५सी ३जीवी र्याम र ३२जीवी रोममा रु १७ हजार ९९९ मा नेपालभरका रिटेल स्टोरहरुमा उपलब्ध छ

easy care

प्रकाशित: २५ श्रावण २०७९, बुधबार