इलन मस्कले किन हजारौं स्टारलिंक स्याटेलाइट प्रक्षेपण गरिराखेका छन्?

Technology Khabar १७ श्रावण २०७९, मंगलवार

इलन मस्कले किन हजारौं स्टारलिंक स्याटेलाइट प्रक्षेपण गरिराखेका छन्?

काठमाडौं ।

इलन मस्कको स्पेसएक्स कम्पनीले हजारौंको स्याटेलाइट अर्बिटमा प्रक्षेपण गरिरहेको छ। धेरै मानिसहरुले स्याटेलाइटलाई आकाशमा देखेको दाबी गर्दै आइरहेका छन्। ती स्याटेलाइटहरु स्टारलिंक परियोजनाको हिस्सा हुन्।

जसले अन्तरिक्षबाट पृथ्वीको दुर्गम क्षेत्रहरुमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

स्टारलिंक के हो र यसले कसरी काम गर्छ?

स्टारलिंकले स्याटेलाइटको विशाल नेटवर्क मार्फत् इन्टरनेट सेवाहरु प्रदान गर्छ। यस परियोजनाको लक्ष्य भनेको दुर्गम क्षेत्रमा बसोबास गरिरहेका मानिसहरुलाई उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने हो।

‘बेलायतका मासिनहरुको विश्वभर पहुँच छ। अफ्रिकाका मानिसहरुसँग यो सुविधा छैन, ‘युनिभर्सिटी अफ पोर्ट्समाउथका स्पेस प्रोजेक्ट म्यानेजर डा. लुसिन्डा किंगले भने।

स्टारलिंकका स्याटेलाइटहरुलाई पृथ्वीको वरिपरि निम्न अर्बिटमा राखिएको छ। जसले स्याटेलाइट र जमिनबीचको कनेक्सन गतिलाई सकेसम्म छिटो बनाउन मद्दत गर्छ।

यद्यपि विश्वलाई पूर्ण कभरेज प्रदान गर्न धेरै तल्लो स्तरमा स्याटलाइट आवश्यक पर्छ।

स्टारलिंकले सन् २०१८ यता ३ हजार स्याटेलाइटलाई अन्तरिक्षमा स्थापना गरिसकेको छ।

स्याटेलाइटको प्रयोगबाट मरुभूमि र पहाडका दुर्गम स्थानहरुमा इन्टरनेट कनेक्सनको समस्या समाधान भएको क्रिस हल बताउँछन्।

ती क्षेत्रहरुमा इन्टरनेट सेवा प्रदान गर्न आवश्यक पर्ने केबल र मास्ट लगायत ठूला मात्रामा पूर्वाधार निर्माण गर्नु पर्ने आवश्यकता कम भएको छ।

स्टारलिंकको लागत कति र कसले प्रयोग गर्छन्?

इन्टरनेट प्रदायकहरुको तुलनामा स्टारलिंक सस्तो छैन। स्टारलिंकको प्रति महिना इन्टरनेट शुल्क ९९ अमेरिकी डलर रहेको छ। स्याटेलाइट जडान गर्न आवश्यक पर्ने डिश र राउटरको लागत ५४९ अमेरिकी डलर पर्छ।

बेलायतका ९६ प्रतिशत घरपरिवारसँग उच्च गतिको इन्टरनेट पहुँच छ। ईयू र अमेरिकाका ९० प्रतिशत घरपरिवारसँग उच्च गतिको इन्टरनेट पहुँच छ।

‘अधिकांश विकसित मुलुकहरुमा इन्टरनेटको राम्रो कनेक्सन छ,’ लन्डन विश्वविद्यालयको अन्तरिक्ष नीति तथा कानून इन्स्टिच्युटका प्रोसेसर सइद मोस्टेसरले भने, ‘तिनीहरु राजश्वका लागि बजारको सानो हिस्सामा निर्भर छन्।’

स्टारलिंकका अनुसार हाल ३६ देशमा ४ लाख सदस्यहरु रहेका छन् ती मध्ये धेरै उत्तर अमेरिका, युरोप र अष्ट्रेलिया रहेका छन। ती सदस्य घरपरिवार तथा व्यवसाय दुवै प्रयोजनका हुन्।

स्टारलिंकले अर्को वर्ष आफ्नो कभरेज अफ्रिका, दक्षिण अमेरिका र एशियामा विस्तार गर्ने योजना बनाए छ। जहाँ इन्टरनेटको कभरेज कम छ।

‘स्टारलिंकको मूल्य अफ्रिकाका धेरै घरपरिवारका लागि महँगो हुन सक्छ,’ क्रिस हल भन्छन्, ‘तर यसले त्यहाँको दर्गम क्षेत्रहरुका स्कुल र अस्पतालहरु जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।’

स्टारलिंकले युक्रेनमा कसरी मद्दत गर्यो?

रुसी सेना युक्रेनमा बढ्दै गएपछि उनीहरुले युक्रेनी इन्टरनेट सेवा बन्द गरेका छन्। र, सामाजिक सञ्जालमाथि रोक लगाउने प्रसाय गरेका छन्।

रुसले युक्रेन माथि आक्रमण शुरु गरे लगत्तै इलन मस्कले स्टारलिंक उपलब्ध गराएका थिए। स्टारलिंकका करिब १५ हजार सेट डिश र राउटरहरु युक्रेनमा पठाइएको थियो।

‘स्टारलिंकले सार्वजनिक सेवा र सरकारी सेवा जारी राख्न मद्दत गरेको छ,’ क्रिस हलले भने, ‘रुसीहरुले यसलाई असक्षम गर्ने तरिका फेला पारेका छैनन्।’

यो युद्ध मैदानमा पनि प्रयोग भएको छ।

‘युक्रेनी सेनाहरुले यसलाई सञ्चार गर्न प्रयोग गरिरहेका छन् उदारहरणका लागि मुख्यालय र युद्ध मैदानमा सैनिकहरुबीच,’ किंग्स कलेज लन्डका रक्षा अध्ययन अनुसन्धानकर्ता डा. मारिना मिरोन भन्छिन्, ‘यसका सिग्नलहरु सामान्य रेडियोे सिग्नलहरु जस्तै जाम गर्न सकिँदैन। किट सेटअप गर्न १५ मिनेट मात्र लाग्छ।’

स्टारलिंकले अन्तरिक्षमा अव्यवस्था सिर्जना गर्दैछ?
स्टारलिंकको अतिरिक्त वानवेब र भिस्टा लगायत कम्पनीहरुले स्याटलाइट

इन्टरनेट सेवा प्रदान गरिरहेका छन्। उनीहरुले पनि हजारौंको संख्यामा स्याटेलाइटहरु निम्न पृथ्वी अर्बिटमा राखेका छन्।

यसले समस्या निम्त्याउँने साइद मोस्टेसर बताउँछन्।

‘यसले टक्करको सन्दर्भमा स्पेसलाई असुरक्षित बनाउँछ,’ उनी भन्छन्, ‘स्याटलाइटहरु अन्य जहाजसँग ठोकिन सक्छन् र भग्नावशेषका टुक्राहरु सिर्जना गर्न सक्छन्। उच्च गतिमा उडान गर्दा धेरै क्षति हुन सक्छ।’

भर्खरै स्टारलिंक स्याटेलाइट एक अर्काबाट ठोकिनबाट थोरैले बचेका छन्। चीनको अन्तरिक्ष स्टेशनको नजिकै पनि स्याटेलाइट सम्भावित दुर्घटनाबाट बचेको थियो।

‘यदि त्यहाँ धेरै टुक्राहरु हुन्छन् भने यसले भविष्यमा निम्न पृथ्वी अर्बिट प्रयोग गर्न नसकिने अवस्थामा पुग्न सकिन्छ, ‘पोर्ट्समाउथ विश्वविद्यालयका डा. किंगले भने, ‘हामी निम्न पृथ्वी अर्बिटबाट उच्च अर्बिटमा जान सक्नेछैनौं। हाम्रो नेभिगेसनल स्याटेलाइट र टेलिकम स्याटेलाइट अवस्थित स्थानबाट माथि जान सकिँदैन।’

स्टारलिंक स्याटेलाइटहले खगोलविद्धहरुका लागि समस्याहरु सिर्जना गरिरहेका छन्।

सूर्योदय र सूर्यास्तमा सूर्यको किरणहरु स्याटलाइटको पखेटामा पर्दा ती चम्कन्छन्।

टेलिस्कोपको तस्बिरहरुमा रेखा उत्पन्न गरेर तारा र ग्रहहरुको दृश्यलाई अस्पष्ट पारिरहेको छ।

‘खगोलविद्धहरुले समस्याहरु चाँडै देखे,’ प्राध्यापक मोस्टेसरले भने, ‘उनीहरु गुनासो गर्ने पहिलो थिए।’

बीबीसीको सहयोगमा

easy care

प्रकाशित: १७ श्रावण २०७९, मंगलवार