२५ मिनेटमा फुल चार्ज हुने रियलमी जीटी२ मास्टर एक्सप्लोर एडिसन सार्वजनिक

Technology Khabar २८ असार २०७९, मंगलवार

२५ मिनेटमा फुल चार्ज हुने रियलमी जीटी२ मास्टर एक्सप्लोर एडिसन सार्वजनिक

काठमाडौं ।

रियलमीले रियलमी जीटी२ मास्टर एक्सप्लोर एडिसन सार्वजनिक गरेको छ।

सोमबार रियलमी जीटी२ मास्टर एक्सप्लोर एडिसन विश्व बजारमा सार्वजनिक गरिएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

रियलमीले फ्ल्यागसिप फोनको नयाँ वाइट कलर भेरियन्ट सार्वजनिक गरेको हो। रियलमीको नयाँ फोनको आधिकारिक नाम ‘रियलमी जीटी२ मास्टर एक्सप्लोर एडिसन-आईसल्याण्ड’ रहेको छ।

नयाँ फोनमा क्वालकम स्न्यापड्रागन ८ प्लस जेन १ एसओसी र एलपीडीडीआर५एक्स र्याम रहेको छ।

रियलमी जीटी२ मास्टर एक्सप्लोर एडिसनमा रहेको ५००० एमएएचको ब्याट्रीले १०० वाट फास्ट चार्जिङ सपोर्ट गर्छ। यो फोन ० देखि १०० प्रतिशत २५ मिनेटमा चार्ज हुने कम्पनीको दावी छ।

फोनमा ६.७ इन्चको एएमओएलईडी डिस्प्ले, २४१२ वा १०८० पिक्सल र १२० गिगाहर्जको रिफ्रेस रेट प्रदान गर्छ। फोनको मुख्य क्यामरा ५० मेगापिक्स र सेल्फी तथा भिडियो कलिङका लागि १६ मेगापिक्सलको लेन्स दिइएको छ।

easy care

प्रकाशित: २८ असार २०७९, मंगलवार

ताजा समाचार