मेटाले विकासकर्ताहरुको लागि इन्स्टाग्राम रील्स एपीआई जारी गर्यो

Technology Khabar १४ असार २०७९, मंगलवार

मेटाले विकासकर्ताहरुको लागि इन्स्टाग्राम रील्स एपीआई जारी गर्यो

काठमाडौं ।

मेटाले विकासकर्ताहरुको लागि इन्स्टाग्राम रील्स एपीआई (एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस) जारी गरेको छ।

विकासकर्ताहरुको आवश्यकतालाई सम्बोधन गर्न मेटाले इन्स्टाग्राम रील्स एपीआई जारी गरेको टेकक्रन्चले उल्लेख गरेको छ।

मेटाले कन्टेन्ट पोस्ट, इन्साइट, कमेन्ट मोडरेसन, ह्याट्याग सर्च, बिजनेस डिस्कभरी लगायतमा रिलको समर्थनको दायरा विस्तार गर्दैछ।

विकासकर्ताहरुले एपीआईको मद्दतबाट सेड्युल रील्स र सामाजिक अन्तरक्रिया मेट्रिक्स प्राप्त गर्न सक्नेछन्।

विकासकर्ताहरुले नयाँ एपीआईको प्रयोग गरेर इन्स्टाग्राम बिजनेस एकाउन्टमा रील्सहरु प्रकाशन गर्न सक्नेछन्।

उक्त एपीआईले विकासकर्ताहरुलाई कमेन्टको रिप्लाई दिन, कमेन्ट डिलिट गर्न, कमेन्ट लुकाउन र देखाउन र कमेन्ट गर्न मिल्ने वा नमिल्ने बनाउन सहयोग गर्छ। साथै प्रयोगकर्ताहरुले ह्यासट्यागको मद्दतबाट प्रकाशित गरेको रील्स खोज्न पनि सक्छन्।

easy care

प्रकाशित: १४ असार २०७९, मंगलवार