सार्वजनिक हुनु अघि रियलमी टेकलाइफ वाच आर१०० को विवरण बाहिरियो

Technology Khabar ६ असार २०७९, सोमबार

सार्वजनिक हुनु अघि रियलमी टेकलाइफ वाच आर१०० को विवरण बाहिरियो

काठमाडौं ।

रियलमीले आफ्नो टेकलाइफ लाइनअपमा नयाँ उत्पादन थप गर्ने भएको छ।

रियलमी टेकलाइफ वाच आर१०० स्मार्टवाच बजारमा ल्याउने तयारी गरिरहेको गिगचाइनाले उल्लेख गरेको छ।

ब्लुटुथ कलिङ फिचर युक्त वेयरेबल जुन २३ मा सार्वजनिक हुनेछ।

रियलमी टेकलाइफ वाच आर१०० मा ३६० वाई ३६० पिक्सल रिसलुसन भएको १.३२ इन्चको टीएफटी कलर स्क्रिन छ। वेयरेबलमा अल्मूनियम अलोय फ्रेम र म्याट रियर कभर छ। वाच आर१००को दायाँ भागमा २ वटा बटम हुनेछ।

कल गर्नका लागि माइक्रोफोन र स्पिकर वेयरेबलमा दिइएको छ।

ब्लुटुथबाट स्मार्टफोनलाई वाचमा कनेक्ट गर्न सकिन्छ। स्मार्टफोन जडान भएपछि वाचबाटै फोन उठाएर कुराकानी गर्न सकिन्छ।

स्मार्ट वाचमा ३८० एमएएचको ब्याट्री छ। वेयरेबल २ घण्टा चार्च गरेपछि ७ दिनसम्मको ब्याट्री लाइफ दिने कम्पनीको दावी छ।

कम्पनीले स्मार्ट वाचको मूल्यको सन्दर्भमा भने कुनै जानकारी दिएको छैन।

easy care

प्रकाशित: ६ असार २०७९, सोमबार