इन्टरनेट एक्सप्लोरर अर्को महिनाबाट बन्द हुँदै

Technology Khabar १६ जेष्ठ २०७९, सोमबार

इन्टरनेट एक्सप्लोरर अर्को महिनाबाट बन्द हुँदै

काठमाडौं ।

माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर सेवा अर्को महिनाबाट बन्द गर्ने तयारी गरेको छ। विगत २७ वर्षदेखि वेब ब्राउजरको दुनियाँमा राज गरेको माइक्रोसफ्टको उत्पादन इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द हुने भएको हो।

डेलीरेकर्डको रिपोर्टअनुसार जुन १५ देखि इन्टरनेट एक्सप्लोररको सेवा बन्द हुनेछ।

इन्टरनेट एक्सप्लोरर बन्द गर्ने घोषणा माइक्रोसफ्टले गत वर्ष नै गरेको थियो। माइक्रोसफ्टको उक्त निर्णय धेरैले बिर्सिसकेका थिए भने केहीले ध्यान दिएका थिएनन्। उक्त निर्णयबाट इन्टरनेट एक्सप्लोरर धेरै प्रयोगकर्ता मारमा पर्ने देखिएको छ।

गुगल क्रोम, माइक्रोसफ्ट एज र मोजिला फायरबक्स लगायत नयाँ ब्राउजर प्रयोगकर्तालाई भने इन्टरनेट एक्सप्लोरर बन्द हुँदा असर नपर्ने डेल्लीरकर्डले उल्लेख गरेको छ।

हालका दिनमा पनि इन्टरनेट एक्सप्लोररबाट आफ्नो काम गर्नेहरु भने प्रभावित हुनेछन्। विदेशका केही बैंक तथा सरकारी कार्यालयहरुमा अहिले पनि इन्टरनेट एक्सप्लोररबाट सफ्टवेयर प्रयोग हुने गरेको छ।

इन्टरनेट एक्सप्लोररको शुरुवात

माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर सन् १९९५मा आफ्नो विन्डो ९५ सँगै लन्च गरेको थियो। विगत लामो समयसम्म धेरैले इन्टरनेट ब्राउज गर्नका लागि इन्टरनेट एक्सप्लोररको सहयोग लिने गथ्र्ये। इन्टरनेट एक्सप्लोरर अघि पनि संसारमा अन्य ब्राउजरहरु पनि प्रयोगमा रहेका थिए।

यसमा वल्र्ड वाइड वेब, आईबीएम वेब एक्सप्लोरर, मोसाइक, नेटस्केप नेभीगेटर लगायत थियो। यी मध्ये नेटस्केप नेभीगेचर सबैभन्दा चर्चित रहेको थियो।

तर इन्टरनेट एक्सप्लोरर सार्वजनिक भएपछि नेटस्केप नेभीगेटरको बर्चश्व कम हुँदै गएको थियो।

अहिले गुगल क्रोम, माइक्रोसफ्ट एज, मोजिला फायरबक्स, सफारी, ओपेरा, ब्रेभलगायत ब्राउजर इन्टरनेट प्रयोगकर्ताले उपयोग गर्दै आइरहेका छन्।

easy care

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार