ग्यापु मार्फत द-बङ टुर रिलोडेडको टिकट किन्दा घरैमा डेलिभरी हुने

Technology Khabar ८ जेष्ठ २०७९, आईतवार

ग्यापु मार्फत द-बङ टुर रिलोडेडको टिकट किन्दा घरैमा डेलिभरी हुने

काठमाडौं ।

लोकप्रिय नेपाली ईकमर्स, ग्यापु मार्केट प्लेसले ‘द-बङ टुर रिलोडेड’ को टिकट उपलब्ध गराउने भएको छ।

कम्पनीकाअनुसार दर्शकले ग्यापु डटकमबाट सजिलै टिकट प्रि-बुकिङ गर्न सक्नेछन् । उक्त कार्यक्रमका लागि कुल ३५ हजार दर्शक सिट तोकिएको छ भने टिकटको मूल्य पाँच हजार, १० हजार, १५ हजार र २५ हजार रहेको छ।

यस्तै, ग्राहकले टिकट बुकिङ गरेपश्चात अनलाइन र अफलाइन दुबै तरिकाबाट पैसा तिर्न मिल्ने सुविधा ग्यापु मार्केट प्लेसले दिएको छ।

‘द-बङ टुर रिलोडेड’ आगामी मे २८ तारिखमा काठमाडौं स्थित दशरथ रंगशालामा आयोजना हुनेछ।

सो कार्यक्रममा सलमान खान लगायत भारतीय कलाकारहरूको समुह आउने भएका छन्। साथै नेपाली कलाकारहरूको पनि उपस्थिती रहने बताईएको छ।

easy care

प्रकाशित: ८ जेष्ठ २०७९, आईतवार

ताजा समाचार