एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स सीमित व्यक्तिको उपस्थितिमा हुने

Technology Khabar १ जेष्ठ २०७९, आईतवार

एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स सीमित व्यक्तिको उपस्थितिमा हुने

काठमाडौं ।

एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स सीमित व्यक्तिको उपस्थितिमा सम्पन्न हुने भएको छ।

आगामी जुन ६ देखि १० सम्म हुने उक्त कन्फ्रेन्स सीमित व्यक्तिहरुको उपस्थितमा हुने अनलाइनमा स्ट्रिम गरिने कम्पनीले जनाएको छ।

उक्त कार्यक्रममा शुरुवाती किनोट पहिले नै रेकर्ड गरिएको हुने तर कुपरटिनोको १ इन्फिनिट लूपमा रहेको एप्पल पार्क भने केही सीमित व्यक्तिहरुका लागि मात्र खुला हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

डेभलपरहरुको समूहले एप्पलका इन्जिनीयर तथा डिजाइनरसँग बसेर उक्त किनोट हेर्न सक्नेछन्। कम्पनीले छान्ने केही भाग्यमानीले भने कार्यक्रम हुनुभन्दा केही हप्ताअघि नै अनलाइनमार्फत् आवेदन दिनुपर्नेछ।

कम्पनीले इभेन्टका लागि निमन्त्रणा पठाउन शुरु गरिसकेको जीएसएमएरिनाले जनाएको छ।

त्यहाँ उपस्थित हुने सबैको एप्पलको सुरक्षा प्रोटोकल अनुसरण गर्नुपर्ने समाचारमा जनाइएको छ।

easy care

प्रकाशित: १ जेष्ठ २०७९, आईतवार

ताजा समाचार