स्याटेलाइट इन्टरनेट व्यवसायमा स्पेसएक्सलाई टक्कर दिने अमेजनको महत्वाकांक्षा

Technology Khabar २० बैशाख २०७९, मंगलवार

स्याटेलाइट इन्टरनेट व्यवसायमा स्पेसएक्सलाई टक्कर दिने अमेजनको महत्वाकांक्षा

काठमाडौं ।

अमेजनले लो अर्थ अर्बिटमा रहेका ३ हजार २३६ साना स्याटेलाइट प्रयोग गरी इन्टरनेट वितरण गर्ने योजना बनाएको छ।

यो परियोजनालाई उसले प्रोजेक्ट कुइपर नाम दिएको छ।

गत अप्रिलमा कम्पनीले आफ्ना तीन संस्थाका कुइपर स्याटेलाइट प्रक्षेपणका लागि व्यावसायिक अन्तरिक्ष उद्योगको इतिहासमै सबैभन्दा बढी रकमको रकेट सम्झौता गरेको सीएनबीसीले उल्लेख गरेको छ।

यी तीन संस्थामा जेफ बेजोसको ब्लू ओरिजिन, बोइङ र लकहीड मार्टिनको ज्वाइन्टभेन्चर कम्पनी यूनाइटेड लञ्च अलायन्स तथा यूरोपको एरियनस्पेस रहेका बताइएको छ।

‘धेरै तरिकाबाट यो परियोजना इलन मस्क तथा स्पेसएक्सको स्टारलिंकसँगको प्रतिस्पर्धाका लागि जवाफ हो’, सीएनबीसीका अन्तरिक्ष सम्वाददाता मिचेल शीट्जको भनाइ छ।

अमेजनले प्रोजेक्ट कुइपर सन् २०१९ मा शुरुवात गरेको हो भने अघिल्लो महिना गरेको घोषणाले यसलाई गति दिएको हो।

स्पेसएक्सको स्टारलिंकसँग अक्षमा २ हजार स्याटेलाइट रहेका छन् जसले २ लाख ५० हजार जनालाई सेवा पुर्याइरहेका छन्। एफसीसीले स्पेसएक्सलाई थप १२ हजार स्याटेलाइटका लागि इजाजत दिइसकेको छ।

अमेजनले भने हालसम्म एउटा पनि स्याटेलाइट प्रक्षेपण गरेको छैन।

easy care

प्रकाशित: २० बैशाख २०७९, मंगलवार