रियलमी नार्जो ५०ए प्राइम भारतमा १२८ जीबी स्टोरेजमा आउने

Technology Khabar ८ बैशाख २०७९, बिहीबार

रियलमी नार्जो ५०ए प्राइम भारतमा १२८ जीबी स्टोरेजमा आउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीको नार्जो ५०ए प्राइम भारतमा छिट्टै सार्वजनिक हुने भएको छ।

कम्पनीले केही समयदेखि यसलाई सार्वजनिक गर्ने तयारी गरिरहेको यो डिभाइस आईफोनमा झैं चार्जर बिना नै आउने गिज्मोचाइनाले उल्लेख गरेको छ।

सार्वजनिक हुने मिति तय नभइसके पनि यसका केही विवरण भने बाहिर आएका छन्।

टेक इन्फ्लुएन्सर मुकुल शर्माका अनुसार रियलमी नार्जो ५०ए प्राइम ४/६४ तथा ४/१२८ जीबी गरी दुई भेरियन्ट तथा नीलो र कालो गरी दुई रंग संयोजनमा उपलब्ध हुनेछ।

दक्षिण पूर्वी एसियाका थुप्रै बजारमा उपलब्ध यो स्मार्टफोनमा यूनिसोक टी६१२ चिपसेट, एलपीडीडीआर४एक्स र्याम तथा यूएफएस २.२ स्टोरेज रहनेछ।

यसमा ड्यूड्रप नचसहितको ६.६ इन्चको फुल एचडी+ एलसीडी डिस्प्ले रहेको छ। यसबाहेक पछाडिपट्टि ५० मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअपका साथै सेल्फीका लागि ८ मेगापिक्सेल शूटर उपलब्ध छ।

यो डिभाइस एन्ड्रोइड ११ मा आधारित रियलमी यूआई २.० तथा १८ वाट फास्ट चार्जिङसहितको ५००० एमएएचको ब्याट्री दिइएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: ८ बैशाख २०७९, बिहीबार

ताजा समाचार