एप्पलको फोल्डेबल आईफोन छिटोमा २०२५ मा आउने, आईप्याड र फोनको हाइब्रिड हुन सक्ने

Technology Khabar २१ चैत्र २०७८, सोमबार

एप्पलको फोल्डेबल आईफोन छिटोमा २०२५ मा आउने, आईप्याड र फोनको हाइब्रिड हुन सक्ने

काठमाडौं ।

एप्पलको फोल्डेबल फोन छिटोमा आगामी २०२५ मा मात्र आउने भएको छ।

एप्पलका विश्लेषक मिङ चि कुओले हालै उक्त डिभाइसका बारेमा आफ्नो परिमार्जित प्रक्षेपणमा यो मिति आकलन गरेका हुन्।

कुओले यसअघि सन् २०२४ भित्र उक्त फोल्डेबल फोन आउन सक्ने प्रक्षेपण गरेका हुन्।

कुओले डिस्प्ले आपूर्ति श्रृङ्खला परामर्शदाता रस यङले जारी गरेको कम्पनीको फेब्रुअरीको प्रतिवेदनमा आधारित भएर उक्त डिभाइस २०२५ मा मात्र आउने बताएका ९टू५म्याकले जनाएको छ।

उक्त प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ:

हामीले आपूर्ति श्रृङखला साझेदारसँगको छलफलपछि एप्पलको फोल्डेबल स्मार्टफोन बजारमा प्रवेश गर्ने समयावधि २ वर्ष बढाएर सन् २०२५ पुर्याएका छौं। कम्पनी फोल्डेबल फोनको बजारमा प्रवेश गर्न हतार गर्ने पक्षमा छैन र यसका लागि त्योभन्दा पनि बढी समय लाग्न सक्नेछ।

उक्त प्रतिवेदन हेरिसकेपछि कुओले आफ्नो ट्विटिर पोस्टमा यस्तो लेखेका छन्:

मेरो पहिलेको आकलनमा एप्पलले फोल्डेबल फोन सन् २०१४ सम्म आइसक्ने उल्लेख गरेकोमा यो परिमार्जन गर्नुपर्ने देखिएको छ।

एप्पलले यसको फोल्डेबल उत्पादन छिटोमा सन् २०२५ मा मात्र आउने र यो फोल्डेबल आईप्याड वा आईप्याड र आईफोनको हाइब्रिड हुन सक्ने प्रक्षेपण गर्न चाहन्छु।

easy care

प्रकाशित: २१ चैत्र २०७८, सोमबार