पोको एफ४ तथा एफ४ प्रोले पायो थुप्रै सर्टिफिकेशन, छिट्टै आउने अपेक्षा

Technology Khabar २८ फाल्गुन २०७८, शनिबार

पोको एफ४ तथा एफ४ प्रोले पायो थुप्रै सर्टिफिकेशन, छिट्टै आउने अपेक्षा

काठमाडौं ।

चिनियाँ कम्पनी शाओमीको सहायक ब्राण्ड पोकोको आउँदै गरेको पोको एफ४ स्मार्टफोनले थुप्रै सर्टिफिकेसन प्राप्त गरेको छ।

एफसीसीबाट हालै सर्टिफिकेशन पाएको यो डिभाइसको मोडल नम्बर २२०२१२११आरजी रहेको र यसमा ४,४०० एमएएच ब्याट्री रहने जीएसएमएरिनामा उल्लेख छ।

गत हप्तामात्रै एम४ प्रो तथा एक्स४ प्रो स्मार्टफोन सार्वजनिक गरेको कम्पनीले अब भने आफ्नो ध्यान एफ सिरिजतर्फ लगाएको बुझिएको छ।

यसै क्रममा एफसीसीबाहेक पोको एफ४ प्रो लाई सिंगापुरको नियामक आईएमडीए सुरक्षाका लागि सर्टिफिकेशन दिएको छ।

सर्टिफिकेशनको सूचीमा डिभाइसको नामहरु उल्लेख छैनन् तर तिनीहरु यसअघि नै डाटाबेसमा देखिइसकेका छन्। यसबाट पोको एफ४ र पोको एफ४ प्रो नै सार्वजनिक हुने तयारीमा रहेका बुझ्न सकिन्छ।

यो सिरिजको भ्यानिला भर्सनमा स्न्यापड्रागन ८७० तथा प्रो भेरियन्टमा डाइमेन्सिटी ९००० चिपसेट रहन सक्ने अपेक्ष गरिएको छ।

easy care

प्रकाशित: २८ फाल्गुन २०७८, शनिबार

ताजा समाचार