एप्पलको नयाँ ५के रेजोल्युशनयुक्त २७ इन्च स्टुडियो डिस्प्ले सार्वजनिक

Technology Khabar २५ फाल्गुन २०७८, बुधबार

एप्पलको नयाँ ५के रेजोल्युशनयुक्त २७ इन्च स्टुडियो डिस्प्ले सार्वजनिक

काठमाडौं ।

एप्पलले मंगलबार ५के रेजोल्युशनयुक्त २७ इन्चको नयाँ स्टुडियो डिस्प्ले सार्वजनिक गरेको छ।

यो यसअघि आउने गरेका म्याक स्टुडियो मनिटरका रुपमा आउने गर्दथ्यो।

यो एउटा २७ इन्चको फ्रन्ट फेसिङ क्यामरा तथा हाइ फाइ अडियो भएको ५के रेजोल्युशनयुक्त सुपथ मूल्यको मनिटर भएको जीएसएमएरिनाले जनाएको छ।

यो स्टुडियो डिस्प्ले३० डिग्रीसम्म ढल्कन सक्ने र यसको ब्राइटनेस ६०० निट्स तथा १४ मेगापिक्सेलको रेजोल्युशन रहेको छ। यसमा ट्रुटोन टेक समावेश गरिएको छ भने यसले वातावरण र तापक्रमका आधारमा रंग समायोजना गर्न सक्दछ।

यसमा एप्पलको ए१३ बायोनिक चिप तथा सुधारिएको क्यामरा र अडियो सिस्टम उपलब्ध छ।

यसको बिचमा १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा राखिएको छ भने उच्च गुणस्तरको ६ ओटा स्पीकरहरु पनि दिइएको छ।

डल्बी एट्मस फिचर रहेको यो डिभाइसमा कनेक्टिभिटीका लागि ३ ओटा यूएसबी-सी पोर्ट दिइएको छ। यो डिभाइसको मूल्य १,५९९ देखि २,२९९ सम्म तोकिएको छ।

easy care

प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार