वनप्लसको अलर्ट स्लाइडर रियलमीका फोनमा आउन सक्ने

Technology Khabar २३ फाल्गुन २०७८, सोमबार

वनप्लसको अलर्ट स्लाइडर रियलमीका फोनमा आउन सक्ने

काठमाडौं ।

यसअघि वनप्लसमा आउने गरेको सिग्नेचर अलर्ट स्लाइडर अब रियलमीको डिभाइसमा पनि आउने भएको छ।

यो क्रम वनप्लसले वनप्लस वनदेखि त्यसपछिका वनप्लस फ्ल्यागशिप मोडलहरुमा सिग्नेचर फिचरका रुपमा दिँदै आएको छ।

यो स्विचले यूजरलाई स्क्रीन अनलक नगरी डिभाइसको साउन्ड प्रोफाइल सेट गर्न मद्दत गर्दछ।

टिपस्टर योगेश ब्रारले माइस्मार्टप्राइसलाई बताए अनुसार बीबीकेको अर्को ब्राण्डमा पनि भोतिक अलर्ट स्लाइडर रहने भएको हो। बीबीकेसँग सम्बन्धित स्मार्टफोन ब्रान्डमा वनप्लस, ओपो, भिभो, रियलमी र आईकू रहेका छन्।

ब्रारका अनुसार यो फिचर हाल रियलमीको डिभाइसमा परीक्षण भइरहेको हो। यो डिभाइस मिड रेन्जको भएको र आगामी अप्रिलमा सार्वजनिक हुन सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

रियलमीले अर्को हप्ता भने रियलमी ९ का भ्यानिला तथा एसई भेरियन्ट सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार