एचटीसीले अप्रिलमा फ्ल्यागशिप एन्ड्रोइड स्मार्टफोन सार्वजनिक गर्ने

Technology Khabar २० फाल्गुन २०७८, शुक्रबार

एचटीसीले अप्रिलमा फ्ल्यागशिप एन्ड्रोइड स्मार्टफोन सार्वजनिक गर्ने

काठमाडौं ।

एचटीसीले आगामी अप्रिलमा एउटा नयाँ फ्ल्यागशिप एन्ड्रोइड फोन सार्वजनिक गर्ने भएको छ।

एन्ड्रोइड स्मार्टफोनको बजारमा धेरै समयदेखि अनुपस्थति रहँदै आएको एचटीसीले अप्रिलको शुरुवात तिर नै फ्ल्यागशिप एन्ड्रोइड स्मार्टफोन ल्याउने भएको जीएसएमएरिनाले जनाएको छ।

जीएसएमएरिनाका अनुसार यो खबर ताइवानको डिजिटाइम्समार्फत् आएको हो। खबर अनुसार एचटीसी भाइभ एसिया-प्यासिफिकका महानिर्देशक चार्ल्स हुआङ्गले एमडब्लूसी २०२२ मा एचटीसी इभेन्टमा उक्त कुराको खुलासा गरेका हुन्।

एचटीसीको नयाँ फ्ल्यागशिप स्मार्टफोन सन् २०१८ मा आएको एचटीसी यू१२+ पछिको पहिलो हुनेछ। आउँदै गरेको उक्त डिभाइस विशेषगरी भीआर र एआर सहित भाइभभर्स नाम गरेको कम्पनीको आफ्नै ओपनसोर्स मेटाभर्स प्लेटफर्मसँग एकीकृत भएको हुनेछ।

यसबाहेक यो डिभाइसको डिजाइन तथा स्पेसिफिकेसन लगायत अन्य कुनै जानकारी उपलब्ध गराइएको छैन।

easy care

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार