२०२२ आईफोन एसईको शुरुवाती मूल्य ३०० डलर हुने

Technology Khabar १६ फाल्गुन २०७८, सोमबार

२०२२ आईफोन एसईको शुरुवाती मूल्य ३०० डलर हुने

काठमाडौं ।

एप्पलले ल्याउँदै गरेको २०२२ आईफोन एसईको शुरुवाती मूल्य ३०० डलर रहने बुझिएको छ।

कम्पनीले २ वर्षअघि सन्२०२० मा आईफोन एसई सार्वजनिक गरेकामा अब त्यसैको उत्तराधिकारीका रुपमा यो वर्ष पनि ल्याउन लागेको बताइएको छ।

यो डिभाइस आगामी मार्च ८ मा नयाँ आईप्याड एयरसँगै आउन सक्ने जीएसएमएरिनाले जनाएको छ।

एप्पल आफैंले भने उक्त इभेन्टका बारेमा केही जानकारी दिएको छैन तर विश्लेषक जोन डोनोभानले यसको शुरुवाती मूल्य ३०० डलर हुनसक्ने बताएका छन्।

यो एप्पल एसई २००० को भन्दा ९९ डलर कम हो। यसबारेमा अर्का विश्लेषक डेनियल आइभ्जका अनुसार एप्पलले ३९९ आधारभूत मूल्य तोक्नेछ।

यसलाई आईफोन एसई फाइभजी भनिने र ए१५ बायोनिक चिपसेटका साथ आउने पनि अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार