एप्पलद्वारा यूजरलाई आईओएस १५ अपडेट गर्न दबाब, आईओएस १४ मै बस्ने विकल्प बन्द

Technology Khabar ३ माघ २०७८, सोमबार

एप्पलद्वारा यूजरलाई आईओएस १५ अपडेट गर्न दबाब, आईओएस १४ मै बस्ने विकल्प बन्द

काठमाडौं ।

एप्पलले यूजरलाई आईओएस १४ नै चलाउने विकल्प बन्द गर्दै आईओएस १५ अपडेट गर्न दबाब दिन थालेको छ।

आईओएस १५ अपडेट सोचे अनुरुप नभएकाले एप्पललाई असहज भैरहेको बेला कम्पनीले १४ बाट १५ मा अपडेट गर्न दबाब दिएको बुझिएको छ।

कम्पनीले यसका लागि हाल आईओएस १४ प्रयोगकर्तालाई आफ्ना डिभाइस अपडेट गर्न भन्दै पुश मेसेज पठाइरहेको छ। आईओएस १४ चलिरहेका डिभाइसको तलपट्टि रहेको फूटनोटमा हुने सफ्टवेयर अपडेटमा आईओएस १५ देखाउन छाडिसकेको छ।

यसबाहेक एप्पलले आईओएस १४ सेक्युरिटी अपडेट पनि जारी नगर्ने भएको छ।

यसै हप्ता एप्पलले आईओएस १५ सार्वजनिक गरेको हो। तर यसपटक भने यूजरले पुरानो भर्सनमा चलाउने विकल्प बन्द भएर नयाँ भर्सन अपडेट गर्नैपर्ने बाध्यता छ।

आईओएस १५ यसअघिको आईओएस १४ चल्ने सबै डिभाइसमा सपोर्ट गर्ने बताइएको छ।

हालैका तथ्याङ्क अनुसार पछिल्लो ४ वर्षमा आएका डिभाइसहरुमा ७२ प्रतिशत आईओएस १५ तथा २६ प्रतिशतकमा आईओएस १४ र बाँकी २ प्रतिशतमा भने तीभन्दा पुराना भर्सन रहेको पाइएको छ।

easy care

प्रकाशित: ३ माघ २०७८, सोमबार