मानिसजस्तै देखिने यो रोबोट, जसले दोहोरो सवालजवाफ गर्न सक्छ

Technology Khabar २९ पुष २०७८, बिहीबार

मानिसजस्तै देखिने यो रोबोट, जसले दोहोरो सवालजवाफ गर्न सक्छ

काठमाडौं ।

विश्वकै सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स शो सीईएस २०२२ मा थुप्रै नवीन र अनोठा ग्याजेट तथा प्रविध प्रदर्शन गरिए। यीमध्ये एउटा ह्यूमन रोबोट पनि थियो।

यसको नाम अमेका हो। यो रोबोटलाई ‘फ्यूचर फेस’ को नाम दिइएको छ। अमेकालाई एउटी महिलाको अनुहार दिइएको छ।

यो रोबोटको मुख्य विशेषता भनेको यसले यसले मानिसहरुले झैं दोहोरो कुराकानी गर्न सक्छ। यसको अनुहारको अभिव्यक्ति पनि मानिसहरुको जस्तै नै छ। सीईएसका बेला यो यसले निकै चर्चा पाएको थियो।

कन्जुमर इलेक्ट्रोनिक्स शो का बेला अमेका रोबोटले गरेको कुराकानीको एउटा भिडियो निकै चर्चित भएको थियो। उक्त भिडियोमा अमेकाले आफूलाई सोधिएका सबै प्रश्नहरुको अनुहारको भावभंगीसहित उत्तर दिएको थियो।

यस्तो थियो अमेकासँगको कुराकानी:

प्रश्न: के तिमी भगवानमा विश्वास गर्छाै?

उत्तर: म कुनै पनि कुरामा विश्वास गर्दिन।

प्रश्न: तिम्रो नाम के हो?

उत्तर: मेरो नाम अमेका हो। अनि तिम्रो नाम चाहिँ के हो नि? (कुरा गरिरहेको मान्छेले  आफ्नो नाम माइकल बतायो,त्यसलाई अमेकाले अन्य मानिसले झैं दोहोर्याइन्)

प्रश्न: के तिमिले मलाई देखिरहेकी छाै?
उत्तर: देखिरहेको छु।

प्रश्न: मेरो ज्याकेट कस्तो रंगको छ?

उत्तर: तिम्रो ज्याकेट कालो रंगको छ (ज्याकेट गाढा नीलो रंगको थियो)

प्रश्न: मेरो कपाल कस्तो रंगको छ?

उत्तर: म एकदम ठिकसँग बताउन त सक्दिन तर मेरो विचारमा खैरो छ। (यो सही जवाफ थियो)

प्रश्न: कै मैले घडी बाँधेको छु?
उत्तर: हो, मेरो क्यामराले एउटा घडी देखिरहेको छु।

प्रश्न: तिम्रो कपालको रंग कस्तो छ?
उत्तर: म तिमीलाई यसको जवाफ दिन सक्दिन। (अमेकाको कपाल थिएन)

यो कुराकानीको अन्त्यमा अमेकाले सोधिन, ‘के मैले तिमीलाई प्रभाव पार्न सकें?’

easy care

प्रकाशित: २९ पुष २०७८, बिहीबार