अनलाइन शपिङ गर्नुअघि यी कुराहरुमा ध्यान दिनुहोस्, नत्र ठगीमा परिएला

Technology Khabar २० पुष २०७८, मंगलवार

अनलाइन शपिङ गर्नुअघि यी कुराहरुमा ध्यान दिनुहोस्, नत्र ठगीमा परिएला

काठमाडौं ।

हिजोआज बजारमा गएर किनमेल गर्नेभन्दा घरमै बसेर अनलाइन शपिङ गर्ने चलन बढिरहेको छ। अझ अघिल्लो वर्ष कोरोनाका कारण लकडाउन भएयता अनलाइनमै पढ्ने, काम गर्ने साथै किनमेल गर्ने बानी पनि धेरैमा परेको छ।

यसबाहेक घरघरमा इन्टरनेटको पहुँच साथै स्मार्टफोनको मूल्य पनि सस्तिएका कारण अनलाइन शपिङलाई अझ टेवा पुगेको छ।

अनलाइन शपिङ गर्दा घरबाहिर जानु नपर्ने र समयको बर्वादी नहुने भए पनि इन्टरनेटसँग जोडिएकाले साइबर अपराधको शिकार हुनसक्ने सम्भावना पनि रहन्छ।

यसैकारण अनलाइन शपिङ गर्नुअघि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ। यी कुरामा ध्यान दिए अनावश्यक समस्याबाट जोगिन सकिन्छ।

सुरक्षित कनेक्सन र डिभाइसको प्रयोग

कतिपय बेला हामी अनलाइन शपिङ गर्नका लागि साइबर क्याफे वा पब्लिक वाइ फाइको प्रयोग गर्छो जुन सामान्यतया: असुरक्षित हुन्छन्।

यसबाहेक अनलाइन शपिङका लागि प्रयोग गरिने कम्प्युटर पनि असुरक्षित कनेक्शनमा जोडिएका हुन सक्छन्। यस्तो भएको खण्डमा तपाईँको एकाउन्टको जानकारी, पासवर्ड, कार्ड नम्बर आदि साइबर अपराधीहरुको हातमा पर्न सक्छ।

यी विवरणहरु प्रयोग गरेर उनीहरुले तपाईँका एकाउन्टबाट रकम चोरी गर्न सक्छन्। यसैले आफ्ना स्मार्टफोन, कम्प्युटर आदिमा एन्टि भाइरस इन्स्टल गर्नुपर्दछ।

माल्भरटाइजिङबाट बच्नुहोस्

माल्भरटाइजिङ एउटा नयाँ शब्दावली हो। यसको बारेमा जान्नु जरुरी हुन्छ। यस अन्तर्गत साइबर अपराधीहरुले एसएमएस, सोसल मिडिया तथा ई-मेल आदिका माध्यमबाट नक्कली विज्ञापन पठाउँछन्। यी विज्ञापनहरुमा निकै आकर्षक अफरहरु समावेश हुन्छन् जसमा लोभिएर मानिसहरुले क्लिक गर्ने गर्दछन्।

२०१६ मा एउटा म्यूजिक स्ट्रमिङ एप माल्भरटाइजिङको शिकार भएको थियो। जसका कारण थुप्रै यूजरको डाटामा समस्या आएको थियो।

स्मार्टफोन तथा कम्प्युटरका सर्च इन्जिन माल्भरटाइजिङ रोक्न सक्नेगरी सुरक्षित हुँदैनन्। तर गुगलले भने हालै आफ्ना वेब तथा मोबाइल ब्राउजरका लागि थुप्रै सेक्युरिटी अपडेट जारी गरेको छ। माल्भरटाइजिङबाट बच्न कम्प्युटर वा मोबाइलमा एड ब्लकर एप वा सफ्टवेयर राख्न सकिन्छ।

ई-मेल/एसएमएसमार्फत् स्क्याम

थुप्रै साइबर सेक्योरिटी अनुसन्धाताहरुका अनुसार चाडबाडको सिजनमा साइबर अपराधीहरु मानिसहरुलाई थुप्रै प्रकारका अफरसहितको ई-मेल तथा एसएमएस पठाउने गर्दछन्। यी मेलहरु हेर्दा हुबहु शपिङ वेबसाइट जस्तै देखिन्छन्।

यसरी आएका ई-मेल क्लिक गरेपछि नक्कली शपिङ वेबसाइटमा रिडाइरेक्ट हुन्छ। ती साइटमा शपिङका लागि बैंकका कार्डको विवरण मागिन्छ।

यसबाट एकाउन्ट ह्याक हुने सम्भावना प्रबल रहन्छ।

क्रेडिट कार्ड तथा बैंक काउन्टमा नजर राख्नुस्

हामीमध्ये थुप्रैले आफ्ना बैंक एकाउन्ट तथा त्यसको स्टेटमेन्टका बारेमा त्यति ध्यान दिइरहेका हुँदैनो।

कति पटक हाम्रा एकाउन्टबाट रकम काटिइसक्दा पनि हामीलाई पत्तो हुँदैन। यस्तै बैंकले पठाएका ई-मेल र एसएमएसमा पनि हाम्रो खासै ध्यान पुगेको हुँदैन।

यस्तोमा आफ्ना क्रेडिट कार्ड तथा बैंक एकाउन्टको स्टेटमेन्टमा पनि बेलाबेला नजर राख्नु बुद्धिमानी हुन्छ। कुनै नयाँ कारोबार वा रकम काटिएङ्को देखिएको खन्डमा तुरुन्तै बैंकमा खबर गर्दा ठगी हुनबाट जोगिन सकिन्छ।

सुरक्षित वेबसाइट तथा एमात्र चलाउनुस्

अनलाइन शपिङ गर्दा प्रयोग हुने ई-कमर्स वेबसाइटको वेब एड्रेस https बाट शुरू भए नभएको पक्का गर्नुहोस्। सामान्यतया: https बाट शुरू हुने वेबसाइट सुरक्षित मानिन्छ।

यस्ता वेबसाइटमा TLS/SSL (Transport Layer Security/Secure Sockets Layer) इन्क्रिप्शनको प्रयोग गरिएको हुन्छ। यी इन्क्रिप्शनले वेबसाइटमा हुने कारोबारलाई सुरक्षित बनाउँछन्।

easy care

प्रकाशित: २० पुष २०७८, मंगलवार

ताजा समाचार