१२० वाट चार्जिङ सपोर्टयुक्त शाओमी ११आई भारतमा जनवरी ६ मा सार्वजनिक हुने

Technology Khabar ८ पुष २०७८, बिहीबार

१२० वाट चार्जिङ सपोर्टयुक्त शाओमी ११आई भारतमा जनवरी ६ मा सार्वजनिक हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो १२० वाट फास्ट चार्जिङ सपोर्टसहितको ११आई हाइपरचार्ज स्मार्टफोन आगामी जनवरी ६ मा सार्वजनिक गर्ने भएको छ।

अघिल्लो महिना एउटा मिडिया रिपोर्टमा शाओमीले भारतमा यसै वर्षभित्र १२० वाट चार्जिङयुक्त फोन ल्याउने बताइएको थियो।

उक्त रिपोर्टमा उल्लेख गरिएका विवरण शाओमीले बुधबार ११आई सिरिज भारतमा ६ जनवरीमा ल्याउने बताएपछि लगभग पुष्टि भएको छ।

कम्पनीले यो स्मार्टफोन भारतमा १२० वाट चार्जिङयुक्त मात्र नभइ १०० वाटभन्दा बढी क्षमताको पनि पहिलो फोन हुने दावी गरेको छ।

कम्पनीले आउँदो महिना भारतमा कति ओटा स्मार्टफोन सार्वजनिक गर्नेछ भन्ने बारेमा यकिन जानकारी दिएको छैन तर हालै शेयर गरिएको पोस्टरमा भने केही कलर अप्शन र बीचमा पन्चहोल रहेको डिस्प्ले देखिएको छ।

कम्पनीले बिहीबार यो डिभाइसका बारेमा अझ थप विवरण उपलब्ध गराउने बताएको ‍छ। तर भारतीय ई-कमर्स जायन्ट फ्लिपकार्टले भने यो डिभाइसमा १२० हर्जको डिस्प्ले तथा मिडियाटेकको फ्ल्यागशिप चिप रहने जानकारी दिइसकेको छ।

easy care

प्रकाशित: ८ पुष २०७८, बिहीबार