रियलमी जीटी२ प्रो मा १ टीबी स्टोरेज आउने

Technology Khabar २५ मंसिर २०७८, शनिबार

रियलमी जीटी२ प्रो मा १ टीबी स्टोरेज आउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो रियलमी जीटी२ प्रो स्मार्टफोनमा १ टीबीसम्मको स्टोरेज दिने भएको छ।

कम्पनीले उक्त फ्ल्यागशिप डिभाइसमा स्न्यापड्रागन ८ जेन१ चिपसेट उपलब्ध गराउने भरपर्दा टिप्स्टर इशान अग्रवालले खुलासा गरेका छन्।

उनका अनुसार यो सिरिजको सबैभन्दा माथिल्लो भेरियन्टमा १ टीबी आन्तरिक स्टोरेज रहनेछ। यो खबर सत्य निस्किएको खन्डमा यो नै १ टीबी स्टोरेज भएको रियलमीको पहिलो फोन हुनेछ।

अघिल्लो महिना रियलमीका संस्थाप तथा सीईओ स्काइ लि ले जीटी२ प्रो उक्त ब्रान्डको हालसम्मकै सबैभन्दा प्रिमियम फ्ल्यागशिप हुने घोषणा गरेका थिए।

यसै हप्ता जीटी२ प्रोका केही विवरणहरु लीक भएका छन्। उक्त लीक अनुसार यस डिभाइसमा १२० हर्ज रिफ्रेश रेटसहितको ६.७ इन्चको क्यूएचडी+ एमोलेड स्क्रीनका साथमा अन्डर डिस्प्ले सेल्फी क्यामरा रहने बुझिएको छ।

यसबाहेक यसमा एलपीडीडीआर५ र्याम तथा यूएफएस ३.१ स्टोरेज, १२५ वाट अल्ट्राडार्ट चार्जिङ तथा एन्ड्रोइड १२ मा आधारित रियलमी यूआई ३.० उपलब्ध हुनेछ।

यसको पछाडिपट्टि ५० मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहने पनि बताइएको छ।

easy care

प्रकाशित: २५ मंसिर २०७८, शनिबार