अनर एक्स३० स्मार्टफोन आगामी डिसेम्बर १६ मा आउने

Technology Khabar २१ मंसिर २०७८, मंगलवार

अनर एक्स३० स्मार्टफोन आगामी डिसेम्बर १६ मा आउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी अनरले आफ्नो अनर एक्स ३० स्मार्टफोन आगामी डिसेम्बर १६ मा सार्वनजनिक गर्ने भएको छ।

अनरले आफ्नो अनर सिरिज गत अक्टोबरको अन्त्यतिर सार्वजनिक गरेको थियो जस अन्तर्गत अनर एक्स३०आई तथा एक्स३० म्याक्स रहेका थिए।

यी दुई भेरियन्टमा अब भ्यानिला अनर एक्स३० पनि जोडिने भएको हो। यही भ्यानिला अनर एक्स३० आगामी डिसेम्बर १६ सार्वजनिक गर्ने तय भएको हो।

एक्स सिरिज अनरको सबैभन्दा बढी बिक्री हुनेमध्येको एक हो। यो लाइनअपले विगत ८ वर्षयता बिक्रीको कीर्तिमान नै कायम गरेको थियो। पछि अनर ह्वावेबाट छुट्टिने बेला आएको एक्स२० भने अप्ठेरोमा परेको थियो।

मिति तय भए पनि हालसम्म अनर एक्स३० को कुनै विवरण बाहिर आएको छैन। तर सार्वजनिक हुने मिति नजिकिँदै जाँदा कम्पनीले केही विवरण बाहिर ल्याउने अपेक्षा भने गरिएको छ।

केही रिपोर्टहरुले यसमा स्न्यापड्रागन ६९५ फाइभजी चिपसेट, १२० हर्ज रिफ्रेश रेटयुक्त एलसीडी डिस्प्ले तथा म्याजिक ३ सिरिजमा झैं गोलाकार क्यामरा डिजाइन रहने बताएका छन्।

easy care

प्रकाशित: २१ मंसिर २०७८, मंगलवार