यी स्मार्टफोनहरुमा एमआईयूआई १३ परीक्षण गर्दै शाओमी, तपाईँको सेट पनि पर्यो कि?

Technology Khabar १९ मंसिर २०७८, आईतवार

यी स्मार्टफोनहरुमा एमआईयूआई १३ परीक्षण गर्दै शाओमी, तपाईँको सेट पनि पर्यो कि?

काठमाडौं ।

चिनियाँ स्मार्टफोन जायन्ट शाओमीले एमआईयूआई १३ छिट्टै उपलब्ध गराउने भएको छ।

हालै आएका रिपोर्ट अनुसार कम्पनीले आगामी डिसेम्बर २८ मा शाओमी १२ सिरिजमा एमआईयूआई १३ सार्वजनिक गर्ने भएको छ।

तर एमआईयूआई शुरुमा सार्वजनिक हुने फोन भने शाओमी १२ हुने छैन। शाओमीले यसको परीक्षण अन्य केही मोडलहरुमा गरिरहेको रिपोर्टहरुमा उल्लेख छ। यी मोडलहरुमा एन्ड्रोइड १२ तथा एमआईयूआई १३ को परीक्षण भइरहेको छ।

रिपोर्ट अनुसार शाओमीले एमआईयूआई १३ शाओमी मिक्स ४, शाओमी ११, शाओमी ११ लाइट फाइभजी, शाओमी ११ अल्ट्रा, शाओमी १०एस, रेडमी के४० र रेडमी के४० प्रोमा परीक्षण गरिरहेको हो।

एमआईयूआईको भर्सन नम्बर भी१३.०.०.१.एसकेएक्ससीएनएक्सएम रहेको छ। तर कम्पनीले हाल आफ्ना आन्तरिक टिमभित्रै सीमित रहेर परीक्षण गरिरहेको र यो सिस्टम डेभलपर वा बिटा टेस्टरका लागि उपलब्ध नभएको बुझिएको छ।

एमआईयूआई १३ ले भर्चुअल र्याम मेमोरी एक्सपान्सन गर्न मिल्ने साथै सबैभन्दा नवीन फिचरका रुपमा डेस्कटप मोड पनि सपोर्ट गर्ने बुझिएको छ जसमा यूजरहरुले आफ्ना स्मार्टफोनलाई टीभीमा कनेक्ट गरेपछि पर्सनल कम्प्युटरमा परिवर्तन गर्न सक्नेछन्।

easy care

प्रकाशित: १९ मंसिर २०७८, आईतवार

ताजा समाचार