ओपोको आगामी फ्ल्यागशिप स्मार्टफोन, स्न्यापड्रागन ८ जेन १ आधारित मध्येको एक स्मार्टफोन हुने

Technology Khabar १५ मंसिर २०७८, बुधबार

ओपोको आगामी फ्ल्यागशिप स्मार्टफोन, स्न्यापड्रागन ८ जेन १ आधारित मध्येको एक स्मार्टफोन हुने

काठमाडौं ।

क्वालकम स्न्यापड्रागन टेक समित २०२१ मार्फत ओपोले स्न्यापड्रागन ८ जेन १ मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोन सन् २०२२को पहिलो त्रैमासमा विश्वब्यापी रुपमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

यससंगै, नयाँ स्न्यापड्रागन प्ल्याटमर्फ अनुकूलन गर्ने ओपो पहिलो मध्यको एक कम्पनी हुनेछ । साथै, फाइभजीको विकासमा तिब्रता र स्मार्टफोन नवप्रवर्तनको भविष्य अन्वेषणका लागि ओपोले क्वालकमसंगको सहकार्यलाई निरन्तरता दिने जानकारी दिएको छ।

‘क्वालकम र ओपो विचको गहिरो सहकार्य मार्फत हामीले फ्ल्यागशिप स्न्यापड्रागन मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित फाइन्ड एक्सथ्री सिरिज र रेनोसिक्स सिरिज सहित विभिन्न फाइभजी स्मार्टफोनहरु बजारमा सार्वजनिक गरिसकेका छौँ’, ओभरसिज सेल्सका लागि ओपाका उपाध्यक्ष, स्कट च्याङ्ले भने, ‘स्न्यापड्रागन ८ जेन १ मोबाइल प्ल्याटफर्मको नयाँ पुस्ता सार्वजनिक भएको मा हामी निकै हर्षित छौँ । यसले नयाँ पुस्ताका फ्ल्यागशिप स्मार्टफोनहरुका लागि बृहत्त सुधार सहित शक्तिशाली कार्यसम्पादन क्षमता भित्राउनेमा हामी विश्वस्त छौँ ।’

आफ्नो ब्राण्ड मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’लाई ध्यानमा राखि, बर्षौँदेखि ओपो मानव केन्द्रित दृष्टिकोणमा आधारित विकास तथा अन्वेषणका लागि प्रतिबद्ध रहँदै आएको छ।

उदाहरणका लागि फाइन्ड एक्सथ्रीमा उपलब्ध ओपोको स्वामित्वमा रहेको फुल–पाथ कलर म्यानेजमेन्ट सिस्टमले समग्र डिस्प्लेको गुणस्तरमा उत्कृष्टता मात्र नभइ कलर डिफिसियन्सी भएका मानिसका लागि कलर भिजन ईन्ह्यान्समेन्ट सुविधा उपलब्ध गराउँदै आफ्ना विश्वब्यापी उपभोक्ताका लागि अभुतपूर्व ग्राफिक्स पनि उपलब्ध गराएको छ।

फाइभजी सञ्जालको ब्यवसायीकरणदेखि नै विश्वब्यापी रुपमा यसको लोकप्रियताले गति पाएको छ। विश्वकै चौठौँ ठूलो स्मार्टफोन ब्राण्डका रुपमा ओपोले क्वालकम लगायत अन्य औद्योगिक पार्टनरहरुसंग सहकार्य गर्दै फाइभजी एसए नेटवर्कको निर्माण प्रबद्र्धनका साथै विश्वभर फाइभजीको ब्यवसायीकरणलाई गति प्रदान गरी रहेको छ। सटीकरुपमा भन्नुपर्दा यूरोपमा एसए नेटवर्कको ब्यवसायीकरणका लागि स्न्यापड्रागन मोबाइल प्ल्याटफर्मको प्रयोग गर्ने ओपो नै पहिलो कम्पनी थियो।

आजका मितिसम्म आईपुग्दा ओपोले विश्वभरका ८० भन्दा बढी प्रमुख मोबाइल नेटवर्क अपरेटर्ससंग सहकार्य गर्दै ती मध्ये ४० भन्दा बढीलाई फाइभजी सेवा वितरणका लागि ओपोसंग आवद्ध गरिसकेको छ । यी संयुक्त पहलहरुमार्फत यूरोप, ल्याटिन अमेरिका र साउथ अफ्रिका जस्ता क्षेत्रीय बजारमा ब्यवसाय विकासमा उल्लेख्य सहयोग प्रदान गरेको छ।

क्षेत्रीय फाइभजी तैनाथीमा हात परेको यो सफलता क्वालकम जस्ता अग्रणी प्राविधिक पार्टनरहरुको सहकार्य विना सम्भव थिएन्।

भविष्य नियाल्दा ओपोले अनुमति प्रदान गर्ने, पारस्परिकतामा विश्वास गर्ने र विन विन परिस्थिती सिर्जना गर्ने कार्यलाई निरन्तरता दिने छ। कम्पनीले थप अग्रणी औद्योगिक साझेदारहरुसंग सहकार्य गर्दै सक्रियरुपमा आफ्ना विश्वब्यापी प्रयोगकर्तालाई अझ उत्कृष्ट उत्पादन र अनुभव प्रदान गर्न अत्याधुनिक प्रविधि तथा अनुप्रयोगहरुको अन्वेषण गर्नेछ।

easy care

प्रकाशित: १५ मंसिर २०७८, बुधबार