ब्याङ्कसी प्रेरित एनएफटी लिलामीमा, उठेको रकम कल्याणकारी काममा खर्च गरिने

Technology Khabar १३ मंसिर २०७८, सोमबार

ब्याङ्कसी प्रेरित एनएफटी लिलामीमा, उठेको रकम कल्याणकारी काममा खर्च गरिने

काठमाडौं ।

ब्याङ्कसीको कलाबाट प्रेरित एउटा डिजिटल कला एनएफटीका रुपमा लिलामीमा राखिएको छ। यसबाट उठेको रकम कल्याणकारी कार्यमा लगाउने गरी लिलाम बढाबढमा राखिएको बुझिएको छ।

ती कलाकारको सन् २००६ को वार्निङ साइन नामक कलालाई पुन: बनाएर एनएफटी अर्थात् नन फंगिबल टोकनका रुपमा लिलामीमा राखिएको हो।

यो एनएफटी खरिद गर्नेले यसको वास्तविक कलाबाट आउने रोयल्टीको ५ प्रतिशत हिस्सा पनि पाउने बताइएको छ।

यो कलाको भाैतिक तथा डिजिटल दुवै स्वामित्व भएको मिडिया कम्पनी ग्लसले उक्त ५ प्रतिशत हिस्साले यसको महत्व अझ मजबुत बनाउने र यसले डिजिटल तथा कला क्षेत्रमा आमूल परिवर्तन ल्याउने बताएको छ।

एनएफटीलाई कोलिन्स डिक्शनरीले सन् २०२१ को वर्ष शब्दका रुपमा मानेको छ।

आलोचकहरुले सजिलै कपी गर्न सकिने मिम वा भाइरल भिडियोजस्ता डिजिटल सामग्रीहरुको मूल्य कसरी स्थिर रहन सक्छ भन्ने शंका व्यक्त गरेका छन्।

यस्तै क्रिश्टीका पूर्व लिलामकर्ता चार्ल्स अलसोपले यस्ता सामग्री किन्नुमा कुनै तुक नरहेको तथा यस्ता सामग्री किन्नेहरु सबै मूर्ख भएका टिप्पणी गरेका छन्।

easy care

प्रकाशित: १३ मंसिर २०७८, सोमबार

ताजा समाचार