एप्पलको डिजिटल आईडी प्रोग्राम २०२२ को शुरुवातसम्मका लागि सर्यो

Technology Khabar ९ मंसिर २०७८, बिहीबार

एप्पलको डिजिटल आईडी प्रोग्राम २०२२ को शुरुवातसम्मका लागि सर्यो

काठमाडौं ।

एप्पलले ल्याउने भनेको एप्पल आईडी प्रोग्राम सन् २०२२ को शुरुवातसम्मका लागि सरेको छ।

आईओएस १५ अपडेटपछि उपलब्ध हुने भनिएका धेरै नयाँ फिचरहरुमा एप्पल आईडी प्रोग्राम पनि एक हो।

अमेरिकी राज्यहरुमा सहभागिताका लागि एप्पलको डिजिटल ड्राइभरको लाइसेन्स तथा आईडी फङ्शन तयार गरिएको हो जसले डकुमेन्ट स्क्यान गरेर सधैं वालेट एपमा उपलब्ध गराउन सहयोग गर्नेछ।

यो फङ्शन यो वर्षको अन्त्यसम्म आइसक्नु पर्नेमा एप्पलले आफ्नो आईओएस १५ पेजमा २०२२ को शुरुवातमा आउने भनेर सूचीबद्ध गरेको छ।

डिजिटल आईडी सिस्टम भर्खरै शुरुवात भएको हो । एरिजोना तथा जर्जियाले यो कार्यक्रम सार्वजनिक हुने बेला सपोर्ट गर्ने र कनेक्टिकट, आयोवा, केन्टकी, मेरिल्यान्ड, ओक्लोहामा तथा उताहले त्यसपछि सपोर्ट गर्ने आकलन गरिएको छ। यद्यपि यसको कुनै निश्चित समय तोकिएको छैन।

easy care

प्रकाशित: ९ मंसिर २०७८, बिहीबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार