ट्विटर पोस्टमा तपाईँ कमेन्ट लुकाउन चाहानुहुन्छ, त्यसोभए यो ट्रिकले तपाईँलाई धेरै मद्दत गर्छ

Technology Khabar २३ आश्विन २०७८, शनिबार

ट्विटर पोस्टमा तपाईँ कमेन्ट लुकाउन चाहानुहुन्छ, त्यसोभए यो ट्रिकले तपाईँलाई धेरै मद्दत गर्छ

काठमाडौं ।

माइक्रोब्लगिङ्ग साइट ट्विटरमा प्रयोगकर्ताहरुको लागी धेरै महान सुविधाहरु प्रदान गरिएका छन्। त्यहाँ धेरै यस्ता फिचरहरु छन् जसमा हामी ध्यान दिदैनौं। प्राय हामी ट्विटरमा केहि पोस्ट गर्छौं र अरु कसैले यसमा गरेका कमेन्ट अर्थात टिप्पणीहरु तेस्रो व्यक्तिले नहेरोस भन्ने चाहन्छौं। ट्विटरले तपाइँलाई यसो गर्न सुबिधा दिन्छ।

यदि तपाईँको पोस्टमा गरिएका टिप्पणीहरु नदेखिने हुनुपर्छ भन्ने तपाइँ चाहानुहुन्छ भने हामी तपाइँलाई यसको बारेमा ट्रिक बताइरहेका छौं। यस तरीकाले अरु कोहिले तपाइँको पोस्टमा गरेको कमेन्ट हेर्न सक्दैनन् ।

यो ट्रिकको बारेमा जानौं।

ट्विटरमा यसरी लुकाउनुस् कमेन्टहरुः-

१ ट्विटरमा कमेन्ट हाइड फिचरमार्फत कमेन्ट लुकाउनको लागी, पहिले तपाइँ सो लुकाउन चाहेको कमेन्टमा भएको तीन डट्समा क्लिक गर्नुहोस्।

२ त्यसपछि हाइड रिप्लाईलाई सेलेक्ट गरेर कन्फर्ममा क्लिक गर्नुहोस्।

३ यदि तपाइँ हिडेन रिप्लाई हेर्न चाहानुहुन्छ भने तपाइँ हिडेन रिप्लाई आइकनमा जानुपर्छ, जुन तपाइँले मूल ट्वीटमा सबैभन्दा तल देख्नुहुनेछ।

४ ट्वीटर गर्ने व्यक्तिले हिडेन रिप्लाई आइकनको माध्यमबाट जवाफलाई अनहाइड पनि गर्न सक्षम हुनेछ।

यी विकल्प पनि छन्ः-

१ ट्वीट गरिरहेको समयमा तपाईँले तल Everyone Can Reply विकल्प पाउन सक्नुहुन्छ।

२ यहाँ तपाईँले Everyone, People you Follow  तथा Only people you mention को विकल्प पाउनुहुनेछ।

३ यदि तपाइँले यहाँ Everyone विकल्प छनौट गर्नुहुन्छ भने जसले पनि तपाइँको ट्वीटमा टिप्पणी गर्न सक्षम हुनेछन्।

४ यस बाहेक, यदि तपाईँ People You Follow  विकल्प चयन गर्नुहुन्छ भने त्यसबेला ती व्यक्तिहरुले मात्र कमेन्ट गर्न सक्छन जसले तपाइँलाई फलो गरेका हुन्छन्।

५ अर्को तर्फ, यदि तपाइँले तेस्रो विकल्प छान्नुहुन्छ भने ती मानिसहरुले मात्र कमेन्ट गर्न सक्नेछन जसलाई तपाइँ मेन्सन गर्नुहुनेछ।

६ यदि तपाइँ तीन विकल्पहरु मध्ये कुनै एक छनौट गर्नुहुन्छ भने टिप्पणीहरु बन्द गर्न सकिन्छ।

easy care

प्रकाशित: २३ आश्विन २०७८, शनिबार

ताजा समाचार