त्रिभुवन विश्वविद्यालयले सफ्टवेयरमार्फत थेसिसमा हुने चोरी पत्ता लगाउने

Technology Khabar २१ भाद्र २०७८, सोमबार

त्रिभुवन विश्वविद्यालयले सफ्टवेयरमार्फत थेसिसमा हुने चोरी पत्ता लगाउने

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका विद्यार्थीले गर्ने थेसिस हुने चोरी पत्ता लगाउन सफ्टवेयर प्रयोग गर्ने भएको छ। सो सफ्टवेयरले विद्यार्थीले गरेका थेसिसमा एन्टिप्लेजरिजमको जाँच गरेर पत्ता लगाउने छ।

विश्वविद्यालयकाअनुसार अबदेखि विद्यार्थीले गरेका थेसिसलाई ‘डकटिन’ नाम गरेको एन्टिप्लेजरिजम सफ्टवेयरले जाँच गर्ने छ।

नयाँ सफ्टवेयर जडान भएसँगै त्रिविले अबदेखि सफ्टवेयरमार्फत थेसिसमा हुने चोरी पत्ता लगाउने भएको छ।  जसमा खासगरी पिएचडी र एमफिलका थेसिस कडाइका साथ हेरिने बताईएको छ ।

विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूले पनि सो नयाँ सफ्ट्वेयर प्रयोग गर्दै जानेछन्।

कतिपय क्याम्पस र विभागहरूले पहिलेदेखि चोरी जाँच गर्ने सफ्ट्वेयरहरू प्रयोग गर्ने गरेका थिए। तर त्रिविले औपचारिकरूपमा यो लागू गरेको भने पहिलोपटक हो।

यो सफ्ट्वेयर प्रयोगमा ल्याइसकेपछि विश्वविद्यालयले आउने दिनमा पेश हुने थेसिसमात्र होइन यसअघिका थेसिसहरू पनि हेर्ने बताईएको छ।

विश्वविद्यालयले आउँदा दिनमा हुने थेसिसका चोरीमात्र होइन आवश्यक परे यसअघिका थेसिस पनि हेरिने र तिनमा चोरी भएको पत्ता लागे प्रतिलिपि ऐन अनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

प्रतिलिपी अधिकार हनन गर्दा कसुरको मात्रा हेरेर दश हजारदेखि १ लाख सम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने प्रतिलिपी अधिकार ऐन २०५१ मा उल्लेख छ। त्यस्तै प्रतिलिपी अधिकार भएका व्यक्तिलाई नोक्सानीको क्षतिपूर्ति भराइदिने ऐनमा उल्लेख छ।

easy care

प्रकाशित: २१ भाद्र २०७८, सोमबार