अमेरिकाका ८ राज्यहरुले आईफोनमा रहेको ड्राइभिङ लाइसेन्सलाई मान्यता दिने

Technology Khabar १८ भाद्र २०७८, शुक्रबार

अमेरिकाका ८ राज्यहरुले आईफोनमा रहेको ड्राइभिङ लाइसेन्सलाई मान्यता दिने

काठमाडौं ।

अमेरिकाका ८ राज्यले आईफोनमा स्टोर गरिएका ड्राइभिङ लाइसेन्स तथा राज्यका अन्य परिचय पत्रहरुलाई आधिकारिक मान्यता दिने निर्णय गरेको एप्पलले जनाएको छ।

गत जुनमा पहिलोपटक एउटा प्रिजेन्टेशनका क्रममा घोषणा गरिएको यो फिचरले आईफोन यूजरलाई वालेट एपमा आफ्ना ड्राइभिङ लाइसेन्सलगायतका परिचय पत्र स्टोर गर्ने इजाजत दिन्छ।

केहीले भने आफ्ना स्मार्टफोन प्रहरी तथा सुरक्षा अधिकारीलाई दिँदा गोपनीयताको समस्या हुनेप्रति चिन्ता पनि व्यक्त गरेका थिए।

एप्पलले भने विमानस्थाल लगायतमा यो फिचरले काम गर्नका लागि आईफोनलाई अनलक गर्न वा प्रहरीलाई दिन आवश्यक नहुने जनाएको छ।

तर यो फिचरले सडकमा प्रहरीले रोकेको लगायतका अवस्थामा कसरी काम गर्छ भन्ने चाहिँ अझसम्म प्रष्ट छैन।

एरिजोना र जर्जियाले यो प्रणाली शुरुमा प्रयोगमा ल्याएका थिए भने त्यसपछि क्रमश: कनेक्टिकट, केन्टकी, मेरिल्यानड ओक्लोहामा र उताह यूत: ले यसलाई अपनाएका थिए।

एप्पलका अनुसार यो प्रणाली शुरुमा यातायात सुरक्षा प्रशासनले सञ्चालन गरेको विमानस्थलका सुरक्षा नाकामा प्रयोग हुनेछ।

easy care

प्रकाशित: १८ भाद्र २०७८, शुक्रबार