सामसङद्वारा पुराना फोल्डेबल फोनहरुमा वन यूआई ३.१.१ अपडेट उपलब्ध गराउन शुरु

Technology Khabar १६ भाद्र २०७८, बुधबार

सामसङद्वारा पुराना फोल्डेबल फोनहरुमा वन यूआई ३.१.१ अपडेट उपलब्ध गराउन शुरु

काठमाडौं ।

दक्षिण कोरियाली स्मार्ट डिभाइस कम्पनी सामसङले आफ्ना पुराना फोल्डेबल फोनहरुमा पनि वन यूआई ३.१.१ उपलब्ध गराउन शुरु गरेको छ।

कम्पनीले यो वर्ष निस्किएका नयाँ स्मार्टफोनहरुकै दाँजोमा पुराना फोल्डेबल फोनमा पनि यूजर इन्‍टरफेसको पछिल्लो भर्सन उपलब्ध गराउने भएको हो।

यस अन्तर्गत आज बुधबार ग्यालेक्सी जेड फोल्ड२ फाइभजी, जेड फ्लिप ‍फाइभजी तथा जेड फ्लिपका लागि यो अपडेट उपलब्ध हुँदैछ। ग्यालेक्सी फोल्डमा भने १ हप्तापछि मात्रै यो अपडेट उपलब्ध हुने बताइएको छ।

वन यूआई ३.१.१ का विशेषता

ड्र्याग एन्ड स्प्लिट

यो फिचर ट्याबको विकल्पका रुपमा आएको हो। यूजरले अब एपहरुबाट कुनै पनि लिंक वा आइटम तानेर स्क्रीनको साइडमा लैजान सक्नेछन् भने साथै यसलाई नयाँ विन्डोमा पनि खोल्न सक्नेछन्। यो फिचरले सपोर्ट गर्ने एपहरुमा सामसङ इन्टरनेट ब्राउजर, सामसङ नोट्स, माइ फाइल्स, मेसेजेज, एमएस अफिस, वननोट, वनड्राइभ लगायतका छन्।

मल्टि एक्टिभ विन्डो

यो फिचरमार्फत् फोल्डेबल फोनका अलग स्क्रीनहरुमा अलग अलग विन्डो चलाउन सकिन्छ।

नेचुरल विन्डो स्विचिङ

यसमार्फत् विन्डोजलाई रिएरेन्ज गर्दा अझ राम्रो एनिमेशन उपलब्ध हुन्छ।

यी लगायतका सबै विशेषताहरु सबै फोल्डेबलहरुमा नचल्ने र केही निश्चित एप निश्चित डिभाइसमा मात्र सपोर्ट गर्ने पनि बुझिएको छ।

एजेन्सीका साथमा

easy care

प्रकाशित: १६ भाद्र २०७८, बुधबार