ह्वावेको नोभा ५आई र नोभा ४ईमा हार्मोनीओएस २ बिटा उपलब्ध

Technology Khabar १ भाद्र २०७८, मंगलवार

ह्वावेको नोभा ५आई र नोभा ४ईमा हार्मोनीओएस २ बिटा उपलब्ध

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेको हार्मोनीओएस चीनमा ५ करोड पुगेको आँकडासँगै अब यो अपडेट केही पुराना फोनमा उपलब्ध हुन थालेको छ।

हालै कम्पनीले नोभा ५आई र नोभा ४ई मा हार्मोनीओएस २ बिटा भर्सन उपलब्ध गराएको हो।

यो जानकारी ह्वावेले चीनमा १०० ओटा पुराना एन्ड्रोइड फोनहरुमा नयाँ ओएस उपलब्ध गराउने घोषणा गरेको २ महिनापछि आधिकारिक रुपमा आएको हो।

आफ्ना फोनमा हार्मोनीओएस अपडेट गर्न चाहनेलाई तीन ओटा अप्शन उपलब्ध गराइएको छ।

यूजरले माइ ह्वावे एपमा गएर अर्ली एडप्टर अपग्रेड प्रोग्राम सेलेक्ट गरी पब्लिक बिटामा इन्रोल गर्नुपर्छ। यही चरणहरु फलो गरेर मेम्बर सेन्टर र पोलेन क्लब एपबाट पनि अपडेट गर्न सकिने बताइएको छ। यी तीन ओटै तरिकाका लागि यूजरले सम्बन्धित एपको अत्याधुनिक भर्सन अपडेट गरेको हुनुपर्छ।

ह्वावेले आफ्ना पुराना डिभाइसमध्ये सन् २०१६ देखिका हालका मेट ९ सम्मका ठूलो हिस्सामा हार्मोनीओएस २ अपडेट गर्ने लक्ष्य राखेको छ। यो अपडेट चीनबाहिर कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी दिइएको छैन।

easy care

प्रकाशित: १ भाद्र २०७८, मंगलवार

ताजा समाचार